८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

पुरूष राष्ट्रिय भलिवल प्रतियोगिताः नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशलाई हरायो

विरेन्द्रनगरमा जारी पुरूष राष्ट्रिय भलिवल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले बिजयी शुरुवात गरेको छ।शनिबार भएको समूह चरणको पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको हो।

राष्ट्रिय टोलीका खेलाडीहरूको बाहुल्यता रहेको पुलिसले दुई सेटमा लुम्बिनीलाई २० अंक कटाउन दिएन। तेस्रो सेटमा लुम्बिनी लयमा फर्किएर रोमाञ्चक बनेपनि जित भने निकाल्न सकेन।

पहिलो सेट २५-१४ मा जितेको पुलिसले दोस्रो २५-१७ र तेस्रो २५-२१ मा जित निकाल्यो। यो संगै प्रतियोगितामा विभागिय टिमकै दबदबा देखिएको छ। यस अघि नेपाल आर्मी,एपिएफले जित निकालिसकेका छन। शुक्रबार भएको पहिलो खेलमा लुम्बिनीले बागमतीलाई हराएको थियोे।

नेपाल भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगीतामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको छ।

प्रकाशित: २१ पुस २०८० ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App