४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खाजा कटौतीपछि घटे चेपाङ विद्यार्थी

चितवनको माडी नगरपालिका वडा नम्बर ९ मा रहेको जनजागृति आधारभूत माध्यमिक विद्यालय, स्थानीय बाँदरझुला बस्तीको पुच्छारमा पर्छ। जहाँ ५० विद्यार्थी पढ्छन्। शिशु कक्षामा १५ र कक्षा १ देखि ३ सम्म ३५ जना छन्। प्रधानाध्यापक दण्डपाणि पण्डितका अनुसार तीमध्ये चेपाङ समुदायका २१ जना छन्। यसअघि चेपाङ विद्यार्थीको संख्या यसको दोब्बर थियो। गएको दशैंपछि घटेको हो।

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

खैरहनी नगरपालिका–१ ज्यामिरेका अर्जुन अर्यालले कुखुरापालन गर्न थालेको १८ वर्ष भयो। अहिले उनको खोरमा अण्डा दिने लेयर्स प्रजातिका ८० हजार कुखुरा छन्। पाँच हजार कुखुरा राखेर कुखुरा पाल्न सुरु गरेका उनीसँग एक लाख कुखुरापालन गर्ने क्षमताको खोर छ। वार्षिक २० प्रतिशत लगानी बढाउँदै व्यवसाय विस्तार गर्दै लगेको उनको भनाइ छ।

मेहनत किसानको, नाफा बिचौलियालाई

मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो। प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ।

निकुञ्जको सुरक्षामा कुकुर

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग गर्न थालिएको तीन वर्ष भयो। निकुञ्जको सुरक्षार्थ चारवटा कुकुर राखिएका छन्। बेल्जियम सेर्फर्ड प्रजातिका मर्रे, सेयर्स र फिन्सी, ल्याब्रोडोर प्रजातिको फिन्सी र फेलो नाम गरेका कुकुरले निकुञ्जको सुरक्षामा सघाउँदै आएका छन्। बेल्जियम सेर्फर्ड ‘ट्र्याकिङ’का लागि प्रयोग गरिन्छ। ल्याब्रोडोर ‘स्निफिङ’का लागि प्रयोग गर्ने गरिएको छ।

चितवन राष्ट्रिय निकुन्जमा प्लास्टिक प्रतिबन्ध

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला ल्याउन नपाउने भएका छन्। फोहोर समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने हुन्छ।

अब १० वर्ष समृद्धिको निम्ति काम गरेर माथि जाने विचार छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्ष देशको समृद्धिका निम्ति काम गर्ने चाहना भएको बताएका छन्। देशलाई नमुना बनाउन र समृद्धिमा लैजान अझै दश वर्ष काम गर्ने उनले बताए।

चितवन महोत्सवकाे अाकर्षण पर्यटक गाइड बुक

दुई वर्षको अन्तरमा गरिँदै आएको ‘चितवन महोत्सव’को १२ औं संस्करणमा यसपटक पर्यटक गाइड बुक विशेष आकर्षणका रूपमा रहने भएको छ। आगामी पुस २५ गतेदेखि १० दिनसम्म नारायणी नदी किनार नारायणगढमा हुने महोत्सवको प्रदर्शनी स्थल निर्माण र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

चितवन काव्य यात्रा

गाउँघरतिर साना बाबु नानीका आमा बुवालाई इष्टमित्रले सोध्छन्, बोल्न सुरु गर्‍यो ? मा मा, बा बा भन्छ ? हातखुट्टाले हिँड्ने भैसक्यो होला है अब त ? इत्यादि ...सन्तान जन्मेपछिको आश हुन्छ आवाज र चालको। बच्चा पाइताला टेकाउँछ धर्तीमा र सार्न थाल्छ पाइला। यसरी सुरु भएको यात्रा चलिरहन्छ निरन्तर धर्तीबाट बिदा नलिउन्जेसम्म। जिन्दगी भन्नु नै यात्रा त रैछ !

फुटबल अभ्यासमा व्यस्त छावा

चितवन राष्ट्रिय निकुञ्ज र सौराहाका निजी हात्ती व्यवसायीले पालेका छावाको व्यस्तता केही दिनयता निकै बढेको छ। पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको १५ औं संस्करणका कारण छावाको व्यस्तता बढेको हो।

चितवनलाई पराजित गर्दै भैरहवा इपीएलकाे दाेस्राे क्वालिफायरमा

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) को उपाधी यात्राबाट चितवन टाइगर्स वाहिरिएको छ। प्रतियोगिता अन्तर्गत  इलिमिनेटरको खेलमा भैरहवा ग्लाडियटर्ससँग ४ विकेटले पराजित हुँदै चितवन उपाधी दौडबाट वाहिरिएको हो।

क्वालिफायर प्रवेशका लागि भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुँदै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को इलिमिनेटरमा बुधवार भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ।

पाँच महिनामा ७४ जना यात्रुको मृत्यु, ३१७ घाइते

सवारी साधनको चाप बढेसँगै चितवनमा दुर्घटना पनि बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन्।

दुर्घटनामा दुईको मृत्यु

दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा हाईसले ठक्कर दिँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ।

भारतबाट गैँडा ल्याइयो

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्