८ चैत्र २०८२ आइतबार
image/svg+xml

ताप्लेजुङका डाँडाकाँडा हिउँले सेताम्मे

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन्। मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ।

पूर्व एफबीआई प्रमुख रोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन

अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा कथित रूसी हस्तक्षेपबारे अनुसन्धान नेतृत्व गरेका पूर्व विशेष वकिलरोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन भएको छ।

‘जमुना’ महाकाव्यको विमर्श तथा झ्याउरे कविता वाचन

विश्व कविता दिवसका अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपाल र झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा महाकाव्यकार रेणुका भट्टराई ‘मञ्जरी’ काे ‘जमुना’ महाकाव्यको परिचर्चा तथा झ्याउरे कविता वाचन भएकाे छ।

सुनको मूल्यमा भारी गिरावट : १२ हजार ५०० ले घट्यो

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार ५४० रुपैयाँ तोकिएको छ। यसअघि चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

‘मितज्यू’ को ‘गैराघरे काँइली’गीत सार्वजनिक

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ।

कपिलवस्तुको महाराजगंज घटना : नौ जना पक्राउ, २३ घाइते

शनिबार बिहान कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदामा दुई समुदायबिच धार्मिक विषयमा विवादले उग्र रूप लिएपछि प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो।

ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड

धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्।

इजरायलका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहार : १०० बढी घाइते, ११ को अवस्था गम्भीर

आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरले इरानसँगको युद्धको बिचमा 'सबै मोर्चामा' शत्रुहरूसँग लड्न जारी राख्ने वाचा गरेका छन्।

सवारीसाधन आवागमनमा रोक लगाएर सडक स्तरोन्नति थालियो

लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको हो।

ट्रम्पको अल्टिमेटमपछि इरानको चेतावनीः अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरूमा आक्रमण हुन सक्छ

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यदि इरानका इन्धन तथा ऊर्जा केन्द्रहरूमा आक्रमण गरियो भने, इरानी सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारलाई नै निशाना बनाउनेछ।

तीन दिनदेखि दाउन्नेमा सवारी फसे, यात्रु र चालक बाटोमै अलपत्र

तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन्। लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्