‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट
२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ शनिबार पोखराबाट गरिँदैछ। सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउँदै विदेशी पर्यटक आगमन अहिलेको भन्दा झण्डै दोब्बर बनाउने लक्ष्य राखेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ। यो संख्यालाई दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन थालेको नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले बताए।