३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद् सचिवालयले तीमध्ये दुईवटा विधेयक शुक्रबार बस्ने बैठकमा पेस गर्ने तयारी गरिरहेको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा विधेयक निर्धारण गछौं’ सभामुख राजबहादुर शाहीले भने, ‘त्यहाँबाट पारित भएकामध्ये दुई विधेयक छलफलका लागि संसद्मा टेबुल गर्ने तयारी गरेका छौं ।’ पहिलो अधिवेशनकै क्रममा संसद्मा यी विधेयक दर्ता भएका थिए । सातमध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसद्मा टेबुल भइसकेको छ।

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव र रुपन्देही–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। समूह ‘बि’ बाट चार वटै खेलमा विजयी धनगढी क्रिकेट एकेडेमी तथा चार खेलमा तीन खेल जीतेको मध्यपश्चिम क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै समूह ‘ए’ बाट शक्ति गौचनको रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ।

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

कर्णाली प्रिमियर लिग : आर्मी र काठमाडौंको पहिलो जित

कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पहिलो जित दर्ता गराएका छन्। आइतबार भएको खेलमा काठमाडौँले रोयल राइजिङ क्रिकेट क्लबलाई आठ रनले पराजित ग-यो।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र धनगढीको विजयी सुरुवात

वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगको उद्घाटन खेलमा टीकापुर क्रिकेट क्लब विजयी भएको छ। बिहीबारदेखि सुरु भएको प्रिमियर लिगको उद्घाटन खेलमा सुर्खेतको भेरीगंगा क्रिकेट क्लबलाई १०९ रनले हराउँदै टीकापुर क्रिकेट क्लव विजयी भएको हो।

एक वर्षमा सिंगो कर्णाली नै उज्यालो हुन्छ : मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले वर्षौ देखि अन्धकारमा रुमल्लिएको कर्णाली प्रदेश एक वर्षमा झलमल्ल हुने बताएका छन्। उनले उज्यालो कर्णाली सपना साकार भएर छाड्ने बताए। बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहयोग तथा जिल्ला समन्वय समितिको आयोजनामा जुम्लामा सम्पन्न एक कार्यशाला गोष्ठीमा मन्त्री भण्डारीले उज्यालो विना कर्णालीको समृद्धि हुन नसक्ने बताए।

‘माथिल्लो कर्णाली–अरूण तेस्रोमा केही कम्पनीलाई मात्र फाइदा’

नेपालमा जलस्रोतको विद्धतापूर्ण विकासका लागि नागरिक सञ्जालले माथिल्लो कर्णाली र अरूण तेस्रो परियोजनाको वर्तमान स्वरूपले नेपाल र भारत दुवै देशका जनताको हित नहुने बताएको छ । यसले त नाफाखोर केही कम्पनीलाई मात्र अनुचित फाइदा पुर्याउने सञ्जालद्वरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ।

माफियाको भरमा कर्णालीको हवार्इ सेवा

पश्चिम क्षेत्रमा हवाई सेवामा भएको बेथिती र मनोमानीले सर्वसाधारणले सहजै हवाई टिकट पाउन सक्दैनन। दुर्घटना र बिरामीले समयमा उपचार गर्न नपाएर मुत्यु हुनु कर्णालीका लागी नौलो कुरा नभएको बताउँछन एक कर्मचारी

माफियाको भरमा कर्णालीको हवार्ई सेवा

नेपालगन्ज राझा विमानस्थल नजिक ट्राभल्स व्यवसाय गरेका मोहम्मद आयतुल्ला रहमानले ६ महिनाअघि १५ यात्रु हुम्ला पठाउँदै थिए । हुम्ला पठाउनका लागि उनले तारा एयरको विमान चार्टर गरे।

'शक्ति देखाउन' कर्णालीमा हामफालेका दुई झाँक्रीको मृत्यु

दैविक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना झाँक्रीको आइतबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षिय मानसिंह विष्ट र ५३ वर्षिय जय बहादुर विष्ट रहेका छन्।

अर्काको मुख ताकेर कर्णालीको विकास सम्भव छैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने बताएका छन्। आफूले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै उनले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्