३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कर्णाली प्रदेशका नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको छ । प्रदेशसभामा शनिबार पेस भएको आर्थिक वर्ष २०७५- ०७६ को नीति तथा कार्यक्रम बुधबार ध्वनि मतका आधारमा पारित भएको हो ।

कर्णाली प्रदेश : २५ अर्ब बराबरको बजेट आउँदै

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ। आन्तरिक स्रोत अत्यन्तै न्यून भएको प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने समानिकरण, सशर्त अनुदान, राजस्व बाँडफाँडलगायतलाई समेटेर २५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

गएराति वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकोछ। कालिकोटको दहिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध बन्न पुगेको हो।

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको आलोचना

कर्णाली प्रदेशका सांसदहरुले कर्णालीको आवश्यता अनुसारको नीति तथा कार्यक्रम आउन नसकेको बताएका छन्। उनीहरुले पूरा हुन नसक्ने कार्यक्रम ल्याएर प्रदेश सरकारले जनतालाई भ्रममा पार्न खोजेको आरोप पनि लगाए।

कर्णाली प्रदेश : विकास र समृद्धिको आधार वर्ष

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई विकास र समृद्धिको आधार वर्षका रुपमा मनाउने भएको छ। यसका लागि आगामी आर्थिक वर्षमा कर्णालीको समग्र गुरुयोजना निर्माण र ठूला आयोजनाहरुको संभाव्यता अध्ययन थालिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।

कर्णालीको नीति तथा कार्यक्रम : प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याइने

कर्णाली प्रदेश सरकारले आज आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कर्णाली प्रदेशले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिने

कर्णाली प्रदेश सरकारले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ। शनिबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा भारत र चीनलाई जोड्ने रेलमार्ग, सुर्खेतमा प्रदेशस्तरीय विमानस्थल, हुम्ला र रुकुममा पर्यटकीय विमानस्थल निर्माणको काम अघाडि बयाउने सरकारले जनाएको छ।

कर्णालीका सांसदकाे माग,छानविन समिति गठन गर

कर्णाली प्रदेशका सांसदहरुले जेठ १९ गते हत्या गरिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका–९ कि वडा सदस्य मना सार्की घटनाको छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका छन्।

कर्णाली गुरुयोजनाको तटबन्ध निर्माण उपभोक्ताको जिम्मामा

सरकारको उच्च प्राथामिकतामा परेको बहुप्रतिष्ठित कर्णाली नदी नियन्त्रण गुरुयोजनाको तटबन्ध निर्माण कार्य उपभोक्तालाई जिम्मा दिएको तथ्य खुलेको छ । अन्न भण्डारको मुटु मानिने राजापुर क्षेत्र सुरक्षाका लागि निर्माण भइरहेको तटबन्ध निर्माण कार्य उपभोक्तालाई जिम्मा दिएको खुलेको हो।

कहिलेसम्म कर्णालीको खाद्यान्न समस्या?

कर्णाली भन्नेबित्तिकै सबैले सहजरूपमा वुुझ्ने भनेको भोग, रोग, अशिक्षा र अभाव हो ।यातायातको असुविधा, विद्यालय तथा अस्पतालको कमी, उद्योगधन्दा र व्यापार÷व्यवसायको कमी, रोजगारी र आयआर्जनका अवसरको अभाव र जीवनयापन कष्टकर रहने कुुरा सबैमा जगजाहेर छ । हालसम्मको अति विकट र विकासमा पछाडि परेको साविक कर्णाली अञ्चलका पाँच जिल्ला हुम्ला, जुम्ला, कालिकोट, डोल्पा र मुुगुुको बाहिर आएको तत्थ्याङ्कले पनि यही कुुरा देखाउँछ ।

कर्णाली प्रदेश : अबदेखि हरेक शनिबार मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक हरेक शनिबार बस्ने भएको छ। आइतबार बसेको बैठकले विदाको दिनलाई सदुपयोग गर्नका लागि शनिबार बैठक बस्ने निर्णय गरेको हो।

कर्णाली करिडोर : चट्टानसँग पौठेजोरी

कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ। भौगोलिक अवस्थाका कारण करिडोर निर्माण भने त्यति सहज छैन। नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांस चट्टाने भिर छिचोल्दै आफ्नो काम अघि बढाएको छ। सेनाले लालिघाटदेखि कालिकोट रबाजुराको सीमाना हिल्सासम्म ३८ किलोमिटर सडक निर्माण गरेको छ।

कर्णालीलाई १० वर्षमा समृद्ध बनाउन सुझाव

आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमका बारेमा प्रदेश सरकार र विज्ञबीच भएको छलफलमा कर्णाली प्रदेशलाई अबको १० वर्षभित्र समृद्ध बनाउने विषयमा सुझाव दिइएको छ।

कर्णालीमै पहिलो पटक मेरुदण्डको सफल अप्रेशन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलो पटक मेरुदण्डको अप्रेसन गरिएको छ। जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गरिएको हो।

कर्णाली प्रिमियर लिग : सेमीफाइनल समीकरण पूरा

रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन्। समूह ‘ए’ को बिजेताको रुपमा रुपन्देही–११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लव तथा समूह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्यपश्चिम क्रिकेट क्लव सेमीफाइनल प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्