२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सर्वसाधरणले हेर्न पाएनन् संविधान दिवस

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।

रोल्पाली भन्छन्: 'संविधान आएको खासै अनुभूति गर्न पाइएन'

देशभर विभिन्न कार्यक्रम गरी आज(शुक्रबार) संविधान दिवस मनाइँदैछ। यसैअनुरुप रोल्पामा पनि यसलाई औपचारिकता दिइएको छ।

जनआन्दोलनका घाइते मुकेश कायस्थ सम्मानित

जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसर पारेर आज  ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ।

टुँडिखेलमा संविधान दिवसको रौनक (फाेटाे फिचर)

समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो।

संविधान कार्यान्वयनमा अप्ठ्यारो आए सामना गरिन्छ: प्रधानमन्त्री ओली(पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो-याए।

संविधान दिवसको अवसरमा दर्जन बढी पत्रकार विभूषित हुँदै

संविधान दिवसको अवसरका दर्जन बढी पत्रकार बिभूषित हुँदैछन्। संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा दर्जन बढी पत्रकार मानपदवी, अलंकार र पदकद्वारा बिभुषित हुन लागो छन्।

रोल्पामा भब्यताका साथ संविधान दिवस मनाइँदै (फोटोफिचर)

रोल्पामा भब्यताका साथ संविधान दिवस मनाइदैँछ। प्रभात फेरि निकालेर संविधान दिवस मनाइएको हो। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना समेत प्रभात फेरि साथ दिएको छ।

संविधानको शुभयात्रा

लोकतान्त्रिक संविधान जारी भएको आज ४ वर्ष पुगी पाँचौं वर्ष लागेको छ । यस हिसाबले हाम्रो नयाँ संविधान पनि आधा दशक उमेरको भइसकेको छ । राष्ट्रको जीवनमा यति समय धेरै होइन । त्यसमा पनि संविधानले सम्पुष्ट हुनाका लागि यी वर्ष कमै हुन् । नयाँ संविधान जारी भएको ५ वर्ष लागे पनि मुलुक लोकतान्त्रिक बाटोमा हिँडेको ३ दशक भइसकेको छ ।

कसरी मनाऊँ संविधान दिवस ?

सञ्चारमाध्यमबाट संविधान दिवसमा झण्डा फहराउन र दीपावली मनाउन आह्वान गरिएको गरियै छ। संविधान दिवस भव्य बनाउन गृह मन्त्रालयले टिसर्टको नमुना पनि सार्वजनिक गरेछ। तिनै टिसर्ट लगाएर असोज ३ गते बिहान प्रभातफेरी गर्नेहोला, ठाउँठाउँमा। अनि बिहानैदेखि सञ्चारमाध्यमहरूले सहरमा सेता टिसर्ट लगाएका मानिसको लाम र भीड देखाउने होलान्। सरकारले संविधान दिवस कडा र भव्य रूपले मनाउन लागिरहेका बेला मेरो मनमा भने अर्कै कुराले घर गरेको छ।

संविधानमा अधिकार र पहिचानको मुद्दा अपूरो छ

संविधानसभाले नयाँ संविधान जारी गरेको चार वर्ष भएको छ। संविधान जारी हुँदादेखि अहिलेसम्म त्यसप्रति हाम्रो असन्तुष्टि कामयै छ। सुरुदेखि नै हामीले संविधान जारी भएको असोज ३ गते विरोध दिवस मनाउँदै आएका छौं। यस वर्ष पनि मनाउने छांै।लेखाइमा, भनाइमा कसैले कालो दिवस भन्ला तर हामीले विरोध दिवस मनाउँदै आएका छाैं।

सारङ्गीकाे धुनमा संविधानको मर्म

कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार राजधानीका राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकारहरू विभिन्न सांगीतिक धुनहरू प्रस्तुत गरेका थिए।

संविधान दिवसमा बालाजु र रत्नपार्कमा निःशुल्क प्रवेश

काठमाडौं महानगरपालिकाले असोज २, ३ र ४ गते रत्नपार्क र बालाजु बाइसधारा पार्कमा जाने सर्वसाधारणलाई निःशुल्क प्रवेश दिने भएको छ । महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा पार्कमा निःशुल्क प्रवेशको व्यवस्था गरेको हो ।

संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री

बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले औचित्य र आवश्यकताका आधारमा मात्रै संविधान संशोधान हुने बताए। उनले अहिले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए।

संविधान दिवसमा समाजवादी पार्टीको दोहारो भूमिका

संविधान जारी भएको दिन शुक्रबार समाजवादी पार्टीले दोहारो भूमिका निभाउने भएको छ। संविधान दिवसको दिन शुक्रबार समाजवादी पार्टीका नेताहरूले मौन बस्ने भएका छन्। उक्त दिन देशभर अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पार्टीका नेताहरूले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्