४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दरबारमार्गको इन्भेष्टमेन्ट बैंकको एटिएम ह्याक गर्ने पक्राउ

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा एक रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन्।

विदेशीसँग एटिएमबाट पैसा चोर्न मिल्ने उपकरण

गत कात्तिकमा राजधानीस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका एटिएमबाट मास्टर र भिसा कार्डको पिन नम्बर चोरेर रकम निकाल्न सक्रिय विदेशी नागरिकलाई प्रहरीले धमाधम पक्राउ गर्‍यो।

२७ एटिएम कार्डसहित दुई जना कारोबारी रौतहटबाट पक्राउ

नेपाल र भारतका विभिन्न बैंकको २७ वटा एटिएमबाट नेपाली तथा भारतीय रुपैयाँको अवैध कारोबार गर्ने दुई जनालाई रौतहट प्रहरीले ५ लाख ७७ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

५० वर्षे एटिएम मेसिन

५० वर्षअघि नोट गन्ने मेसिन बनाएका स्कटल्यान्डका जोन सिटफर्ड ब्यारनको उति चर्चा भएन। होस् पनि कसरी? पैसावालको सुविधाका लागि बनाइएको सामग्रीको चर्चा सर्वसाधारणले गरुन् पनि किन? तर त्यही नोट गन्ने मेसिनकै आधारमा बनाइएको पहिलो मेसिन सन् १९६८ मा बजारमा ल्याइँदा भने धेरैले ठूलो चर्चा गरे। क्यापिटल नेसनल बैंक अफ मियामीका निर्देशकले यस पहिलो एटिएम मेसिनलाई बैंककै एउटा लबीमा लगाउँदा ठूलो आकर्षणको विषय बन्न पुगेको थियो।

एटिएम ठगीका आरोपी लागुऔषध र हातहतियारका कारोबारी

नेपालमा पक्राउ परेका एटिएम ठगीका आरोपी युरोपका विभिन्न देशमा अवैध हातहतियार र लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। अनुसन्धानको क्रममा उनीहरु टर्की, स्पेन, इटली र जर्मनीमा लागुऔषध ओसारपसार तथा बेचबिखन, अवैध हातहतियारको कारोबार र यौन अपराधमा संलग्न रहेको खुलेको हो।

एटिएम ठगको प्रमुख निशाना नेपाल, ७२ घन्टामा २६ लाख निकालियो

एटिएमबाट गरिने ठगी कसुरमा सजाय कम र बैंकले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा हुने सहजताका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहको निशानामा नेपाल रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

यसरी निकाल्थे रोमानियनले एटिएमबाट पैसा

केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे यसका लागि लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन होटलको कोठामा बसेर प्राविधिकको कार्य गर्थे।

सर्वसाधरणको बैंक मौज्दात खतरामा, एटिएम पिन फेर्न प्रहरी आग्रह

प्रहरीले करिब डेढ महिनादेखि काठमाडौंका एटिएम बुथको गोप्य निगरानी भइरहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेत गरेको छ।

नक्कली एटिएमबाट पैसा झिक्ने बुल्गेरियाली ठमेलबाट पक्राउ

काठमाडौँ- नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

एटिएमबाट पैशा नझरेपछि तोडफोड

एटिएमबाट पैशा निकाल्न खोज्दा ननिस्किएपछि इटहरीमा सेवाग्राहीले एटिएम नै तोडफोड गरेका छन्।  आइतबार साँझ मादक पदार्थ सेवन गरेका युवाले एभरेष्रट बैंक इटहरी शाखाबाट पैशा निकाल्न खोज्दा ननिस्किएपछि तोडफोड गरेका हुन्।

सिंहदरबारमा एभरेस्टको एटिएम

एभरेस्ट बैंकले सिंहदरबार परिसरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ। सरकारका अर्थ सचिव शान्तराज सुवेदी तथा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए. के. अहलुवालियाले संयुक्त रुपमा सो सेवाको उद्घाटन गरेका हुन्।

बैंक म्यानेजरकै एटिएमबाट २ लाख ८८ रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख भन्दा बढी रुपैयाँ चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख रुपैयाँभन्दा बढी नगद चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

एटिएमबाट पैसा निकाल्दा गुम्छ एक दिनको कमाइ

मुलुकका २९ वटै वाणिज्य बैंकले भिसा एटिएम कार्ड प्रयोगमा ल्याएका छन्। उक्त कार्ड प्रयोग गरी जुनसुकै बैंकको एटिएम (अटोमेटेड टेलर मेसिन) बाट रकम झिक्न सकिन्छ। तर, सेवाग्राहीले एउटा बैंकले दिएको भिसा कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएमबाट रकम निकालेबापत मोटो शुल्क तिर्नुपर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्