४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पेप्सिकोलामा इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको पेप्सिकोला टाउन प्लानिङमा ७९औं शाखा विस्तार गरेको छ। उक्त शाखा परिसरमा एक सय १२ औं एटिएम पनि सुरु गरेको बैंकले जनाएको छ।

तीनकुनेमा हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोजेपछि...

राजधानीको तीनकुनेमा एक व्यक्तिले हतौडाले एटिएम फुटाएर पैसा निकाल्ने प्रयास गरेका छन्। रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ डिल्लीबजार क्षेत्रमा बस्ने १८ वर्षीय दीपक तामाङले मंगलबार राती करिब १० बजेको समयमा तीनकुनेस्थित एनसीसी बैंकको एटिएम हतौडा, फलामको छिनो र मार्तोल प्रयोग गरी फुटाउने प्रयास गरेका थिए। दीपकले सिसीटिभी क्यामेरा फुटाएर एटिएम मेसिन तोडफोडको प्रयास गरिरहँदा प्रहरीले घटनास्थलबाट रंगेहात पक्राउ गरेको थियो।

एटिएम तोडफोड गर्ने पक्राउ

मुक्तिनाथ विकास बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले सिरहा सुखीपुर नगरपालिका ६ घर भई हाल काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेको हो। मंसिर ११ गते बानेश्वर शाखाको एटिएम तोडफोड गरी फरार रहेका यादव सोमबार पक्राउ परेका हुन्।

लुटिएकाे एटिएम कार्डले पुर्‍यायो हिरासत (भिडियो)

तस्बिरमा देखिएका युवक ललितपुर कुमारीपाटीस्थित सिटिजन्स बैंकको एटिएम बुथमा प्रवेश गर्छन्। कालो क्याप पछाडि फर्काएका र कानमा एयरफोन लगाएका ती युवक एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने कोसिसमा लाग्छन्।

सिटी भ्यूमा सन्राइजको एटिएम

सन्राइज बैंक लिमिटेडले सिटी भ्यू अपार्टमेन्ट्स, सानेपामा एटिएम सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक ओमकृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीनमान श्रेष्ठले उक्त एटिएम उद्घाटन गरेको बैंकले जनाएको छ।

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

बैंकहरुले एटिएमबाट पैसा निकाल्दा चर्को शुल्क लिँदै आएका छन् । एटिएमबाट रकम निकाल्दा प्रतिकारोबार तीन सयसम्म प्रयोगकर्ताले तिर्नुपर्ने बाध्यता छ।

एनआईसी एसियाको एटिएम सेवा सुरु

एनआईसी एसिया बैंक कालिकोट शाखाले एटिएम सेवा सुरु गरेको छ। जिल्लामा शाखा स्थापना भएको एक वर्षको पुगेको अवसरमा एटिएम सेवा सुरु गरिएको हो।

ठमेलमा एनबीको नयाँ एटिएम

नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तीमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका महाप्रबन्धक सुरेन्द्रभूषण श्रेष्ठले शुक्रबार एटिएम सेवाको शुभारम्भ गरेको बैंकले जनाएको छ।

एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

अनाधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो।

एटिएम बुथको साटो स्वाइप मेसिन

एटिएम मेसिनको प्रयोग गरेर ठगी गर्नेहरू धमाधम पक्राउ हुन थालेपछि यस्तो कारोबार गर्ने गिरोहले ठगीको शैली बदल्दै स्वाइप मेसिन प्रयोग सुरु गरेको छ।

एटिएम ठग्ने विदेशी गिरोह सक्रिय

एटिएम कार्डको र ग्राहक प्रयोगकर्ताको गोप्य नम्बर चोरेर पैसा चोर्ने भारतीय गिरोह पक्राउ परेको दुई महिनामै फेरि यस्तै प्रकृतिको अपराधमा संलग्न माल्देभियन समूह फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्