४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेप्सिकोलामा इन्भेस्टमेन्ट बैंक

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको पेप्सिकोला टाउन प्लानिङमा ७९औं शाखा विस्तार गरेको छ। उक्त शाखा परिसरमा एक सय १२औं एटिएम पनि सुरु गरेको बैंकले जनाएको छ। बैंकका सञ्चालक प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएम उद्घाटन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले ग्रामीण क्षेत्रमो शाखा विस्तार गरेसँगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको जनाएको छ। सम्पूर्ण वित्तीय कारोबार हुने उक्त शाखामा स्थानीय मागअनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको बताइएको छ। बैंकले काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ५५ शाखाबाट सेवा दिइरहेको छ। यसबाहेक १२ वटा एक्सटेन्सन काउन्टर, नौ वटा राजस्व संकलन केन्द्र र ५१ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको बैंकको भनाइ छ।

प्रकाशित: २८ चैत्र २०७५ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App