५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरामा ४ गाडी एकापसमा ठोक्किँदा ७ घाइते, दुई गम्भीर (अपडेट)

पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोकिँदा ७ जना घाईते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाईते भएका दुई जनाको अवस्था भने गम्भीर रहेको छ।

कर्मचारीको रोजाइ हेटौंडा  र पोखरा

हेटौंडा र पोखरामा उच्च तहका कर्मचारीलाई आवासको पनि सुविधा  । यसकारण पनि हेटौंडा र पोखरा कर्मचारीको पहिलो रोजाइ बनेको छ।

पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको पन्धौं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी उपस्थित हुन सकेनन्। पोखरामा भएको दीक्षान्तमा विभिन्न संकायका झण्डै ५ हजार बढी विद्यार्थी दीक्षित भएका छन्।

पोखरामा बम विष्फोट हुँदा प्रहरी र पत्रकार घाइते

कास्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।घाइते हुनेमा रेडियो गण्डकीका पत्रकार धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री रहेका छन् ।

हाकिमको मोजमस्तीका लागि गोरखाको पुनः निर्माण गोष्ठी पोखरामा

भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहितको पुनः निर्माणमा प्रत्यक्ष संलग्न कार्यालयका प्रमुख, गैरसरकारी संघ संस्थाका व्यक्तिहरू पोखरामा छन् । उक्त गोष्ठी पुनः निर्माण प्राधिकरण गोरखाको आयोजनामा चलिरहेको छ । त्यहाँ दाता भने गोरखामा भूकम्प पीडितका लागि काम गर्न आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था छन् । प्राधिकरणले एनजिओ/आइएनजिओसँग पैसा उठाएर पोखरामा कार्यक्रम गरेको हो।

‘सिरुमारानी’सँगै सक्रिय हुँदै पोखरा थिएटर

माओत्से गुरुङ पोखराका फिल्मकर्मी हुन् । पोखरामा बसेर पनि मूलधारको फिल्ममा सम्झिइने नाम भित्र पर्छन् माओत्से । अझ ‘पुरानो डुङ्गा’मा मनु नामको चरित्रमा दमदार अभिनय गरेपछि त माओत्से ‘सेलिब्रेटी’ कलाकारको लाममा खडा भए । अभिनयमा जमेका धेरै कलाकारको जस्तै माओत्सेको अभिनयको जरा पनि रंगमञ्चमै गाडिएको छ । तर, पछिल्लो पुस्ताका दर्शकले माओत्सेलाई नाटकको मञ्चमा देख्न पाएका छैनन् ।

देश खोज्ने कथा पोखरामा उत्कृष्ट

युद्धले क्षतिग्रस्त अफगानिस्तानको एक सहरबाट काजकस्तानको आफ्नो घरमा फर्किने परिवारको कथा समेटिएको ‘रिर्टनी’ पोखरामा ४ दिनसम्म चलेको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म अवार्ड’मा ‘उत्कृष्ट फिल्म’ बन्न सफल भएको छ ।

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

विद्यार्थी मृत्युको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस गेटमा नगर बसको ठक्कर दिएको र उपचारको क्रममा उनको निधन भएपछि नेविसंघको नेतृत्वमा बिहानैदेखि क्याम्पसमा प्रदर्शन भइरहेको छ

पोखरामा हवाई यात्रु बढे

पोखरा विमानस्थलले सन् २०१७ मा झन्डै ५ लाख यात्रुलाई सेवा दिएको छ । सीमित रुटमा उडान गर्दा पनि विमानस्थलबाट आउजाउ गर्ने यात्रुसंख्या अहिलेसम्मकै बढी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा कार्यालयले जनाएको छ ।

उत्कृष्ट १० भित्र पोखराका पाँच होटल

विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट १० वटा होटल छनोट गरेको छ । सन् २०१८ का लागि ‘ट्राभलर्स च्वाइस’मा पोखरा र काठमाडौंका होटल छानिएका छन् । ती मध्ये पोखराका पाँचवटा होटल उत्कृष्ट १० भित्र परेका छन्।

पोखरा पुगेर ओलीले भने : सरकार देशलाई कंगाल बनाउँदैछ

बाहिरिनै लागेको सरकारले मनपरि खर्च गरेर देशलाई कंगाल बनाउन थालेको एमालेले आरोप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पोखरामा देश नै कंगाल बनाउने गरि राज्यले आर्थिक क्षेत्रमा अनैतिक निर्णय गरेको बताए।

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन

दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए। पोखरामा अर्कोपटक पनि अडिसन हुने आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ।

बुद्धले पोखराबाट नेपालगन्ज उडान गर्ने

निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ । आगामी वैशाख १ गतेदेखि यो रुटमा उडान गर्ने घोषणा आइतबार गरेको हो ।

नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो।

पोखरासँग छैन ‘कोसेली’

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सम्झनाको चिनो वा कोसेली के लैजान्छन् ? व्यवसायी भन्छन्, ‘माछापुच्छेको छाँया फेवातालमा परेको दृश्य देखिने तस्बिर मात्र ।’ त्यसबाहेक यहाँ कुनै त्यस्तो विशेष उत्पादन वा ब्रान्ड छैन, जसले पोखरालाई चिनाउँछ । पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाए पनि उत्पादन क्षेत्रमा पोखराले अहिले सबै पाहुनाको कोसेली हुने विशेष उत्पादन दिन नसकेको व्यवसायीको भनाइ छ । भएका पुराना उत्पादनलाई निरन्तरता दिन नसक्दा अहिले पोखराले कोसेलीमा पहिचान गुमाएको व्यावसायी बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्