फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय
फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ। इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्।
फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ। इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्।
दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती कोहलपुर, बाँकेका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन्।
जिल्लाको बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोस्ट भएपछि आफन्तले रसुवा बन्द गरेका छन्।
करिब ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको फेसबुक कम्पनीले बताएको छ।
पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ।
सहिदलखन गाउँपालिका–७कोटगाउँका तीनजना अपांगता भएको एक परिवारलाई घर निर्माण गर्न सहयोग जुटेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ।
सामाजिक सञ्जालको मद्दतले संकलन भएको रकमले धनकुटाको सिधुवाबजारमा खेलमैदान निर्माण भइरहेको छ। सामाजिक सन्जाललाई दुरुपयोग भएर बेलाबखत हुने नकरात्मक टिप्पणी हुने गरेको छ। तर सिधुवाका युवाहरुले सामाजिक सञ्जालको प्रयोगले समाजलाई फाइदा पुग्ने उदाहरणीय काम गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न मिल्ने गतिलो खेलमैदान निर्माण सुरु गरेका छन्।
विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मानिसको आर्थिक अवस्था पत्ता लगाउने प्रयासको थालनी गरेको छ । फेसबुकले स्वचालित रूपमा नै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता गरेको छ । यो प्रविधिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मध्यम वर्ग वा उपल्लो वर्ग भनेरसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दूस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।
सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।
खोटाङको हलेसीका आगलागी पिडितलाई फेसबुक ग्रुप च्याटका माध्यमबाट संकलन गरिएको राहत रकम प्रदान गरिएको छ। पीडितका लागि हङकङमा राहत संकलन अभियान जारी छ।
सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन्।
महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् ।
अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय सोमबार खुलेको छ। लन्डन शाखामा फेसबुकले विभिन्न पदमा गरी ८०० कर्मचारीहरुको माग गरेको छ। उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग बढी गरिएको छ।