१० मंसिर २०८१ सोमबार
image/svg+xml

मौन अवधिमा फेसबुक, भाइबारबाट पनि मत माग्न नपाइने

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुँदैछ। मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन।

नक्कली फेसबुक ‘आइडी’ बनाएर दूरुपयोग गर्ने पक्राउ

नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुकमा लाइकमा शुल्क लाग्ने

फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ।

फेसबुकबाट साथी बनाएर करोड बढी ठग्ने तीन पक्राउ

फेसबुकबाट बेलायती नागरिकको नाममा प्रोफाइल बनाएर नेपालीलाई साथी बनाएर बहुमुल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर पार्सल गरी पठाइदिन्छु भनी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुक सधैँ अाफूविरोधी भएको ट्रम्पको भनाइ, जुकेरबर्गले दिए जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ट्विट गर्दै फेसबुक सधैँ ट्रम्पविरोधी रहेको बताएका छन्। यो ट्विटको केही घन्टापछि फेसबुकका सिइओ मार्क जुकेरबर्गले फेसबुक पोष्ट आएको छ। सो पोष्टबाट उनले ट्रम्पलाई जवाफ दिएका छन्। उनले भनेका छन्, ‘हो, फेसबुक सधैँ ट्रम्पविरोधी रहँदै आएको छ।’

अठार फेसबुक अकाउन्ट भएका व्यक्ति युवती हत्या अभियोगमा पक्राउ

भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन्।  बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन्।

परिवार बिखण्डनका कारण : वैदेशिक रोजगारीदेखि फेसबुकसम्म

मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो। विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए। श्रीमतीलाई पैसा पनि पठाउन थाले। रश्मिका दिनहरु राम्रैसँग बित्दै गए। समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो। श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए। विमानस्थलमा रश्मिको प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश्मि अर्कै केटासँग गइन्। रमेशले कमाएको पैसा अनि सम्बन्ध पनि त्यही दिनदेखि सकियो। रमेश एक्ला भए।

मेयर चिरिबाबु महर्जनको परिवार: फेसबुकको कमेन्ट सुनाउने काम श्रीमतीको

किसान परिवारमा हुर्किएका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन व्यवस्थापनका विद्यार्थी हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमएम गरेका महर्जन अहिले महानगरको कुर्सीमा छन् । राजनीतिमा नलागेको भए कुशल प्रशासक बन्ने बताउने महर्जनको विचारमा राजनीति र व्यवस्थापन फरक–फरक विद्या हुन् । उनको आँकलनको राजनीतिमा २ र २ जोडदा ५ हुन्छ भने व्यवस्थापनमा २ र २ को योगफल ४ मात्र हुन्छ । उनी यसलाई सिनरजेस्टिक भन्न चाहन्छन्, जसको अर्थ हुन्छ धेरै मानिससँग समन्वय राख्दै सहकार्यमा जुट्दा त्यसको परिणाम एक्लाएक्लैले गरेको भन्दा धेरै हुन्छ ।

फेसबुक मार्फत व्ल्याकमेल गरी रकम असुल्ने पक्राउ

सामाजिक संजाल फेसबुक मार्फत व्ल्याकमेल गरी रकम लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको पालुङटार नगरपालिका–७ का विकास नेपालीलाई गोंगबु बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

फेसबुक ग्रुपको अगुवाइमा डा.केसीको पक्षमा रिले अनसन (भिडियो)

चिकित्सा शिक्षा सुधार माग राखेर  डा.गोविन्द केसीले आमरण अनसन सुरु गरेको १८ दिन भयो। उनको समर्थनमा चिकित्सा क्षेत्रका विभिन्न संघसंस्था आन्दोलित छन्। माइतीघर मण्डलामा युवाको एउटा समूह डा.केसीका मागमा ऐक्यबद्धता जनाउँदै १३ दिनदेखि फरक आन्दोलन चलाइरहेको छ। फेसबुकको एउटा ग्रुपको अगुवाइमा त्यहाँ रिले अनसन जारी छ।

फेसबुकको आम्दानी ७१ प्रतिशतले बढ्यो

विश्वमा करिब एक चौथाई प्रयोकर्ता भएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको छ ।

फेसबुकमा स्ट्याटस लेखेर कोरियामा नेपालीद्वारा आत्महत्या

इपिएसमार्फत् कामका लागि दक्षिण कोरिया पुगेका एक नेपालीले फेसबुकमा जीवन अँध्यारो भएको स्ट्याटस लेखेर आत्महत्या गरेका छन्। देगु खांग्सान्‌स्थित फोजांग कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन्।

फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक

फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ।

छोरी मारेको दृश्य फेसबुकबाट लाइभ

थाइल्यान्डका एक मानिसले आफ्नै छोरी मारेको प्रत्यक्ष भिडियो फेसबुक लाईभ मार्फत सार्वजनिक गरेका छन्। थाई प्रहरीका अनुसार उनले आफ्नै छोरी मार्दै गरेको भिडियो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेका थिए। छोरी मारेपछि उक्त मानिसले पनि आत्महत्या गरेको थाई प्रहरीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्