१० मंसिर २०८१ सोमबार
image/svg+xml

२० रुपैयाँमा टेलिकमको सय एमबी फेसबुक प्याक

टेलिकमले शनिबारदेखि लागू हुनेगरी जिएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा १ सय एमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ। यसको भ्यालिडिटी ५ दिनसम्म हुनेछ। माघ २२ गतेदेखि एनटिप्रो सेवा प्रयोग गर्ने सेवाग्राहीलाई आगमन कलको दरमा ५० प्रतिशत छुट उपलब्ध गरी नयाँ दर ३ रुपैयाँ प्रतिमिनेट कायम गरिएको छ। उक्त सेवा केही समय अघिदेखि बन्द थियो।

त्रिविका प्राध्यापकद्वारा कपी जाँचको फेसबुक लाइभ

परीक्षाको गोपनियता भंग गर्दै त्रिभुवन विश्वविद्यालयका एक प्राध्यपकले विद्यार्थीको कपी जाँच गर्दै गरेका लाइभ तस्विर शृङ्खलाबद्ध रुपमा फेसबुकबाट सार्वजनिक गरेका छन्। शुक्रबार बिहान कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पशु विज्ञान (भेटनरी) अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा भएको थियो।

फेसबुक पेजबाट ठगी गरेको आरोपमा पक्राउ

सामाजिक संजाल फेसबुकमा Mobile selling and buying in Nepal पेज खोली ठगी गरेको आरोपमा चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ।

अाइफोन पठाइदिन्छु भन्दै फेसबुकबाट ठगी गर्ने पोखरेल पक्राउ

के तपाई सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने होस् गर्नुहोस्।

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

कमला (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोध स्विकारिन्। कमला र ती युवा सामाजिक सञ्जाल फेसबुकमा साथी भए।

फेसबुकबाट प्रेम, भेटेपछि पछुतो

पछिल्लो समय सामाजिक सञ्जालले विश्वलाई जोडेको छ। साथी बन्ने, फलो गर्ने र सामाजिक, सांस्कृतिक, वैश्विक घटना वा अवस्थामा विचार–विमर्श हुने माध्यम बनेको छ— सामाजिक सञ्जाल। यसले सदियौंदेखि समाजमा जरा गाडेको विकृति, विसंगति, कुरीतिलाई उजागर गर्न पनि सघाएको छ। यो सकारात्मक पाटोसँगै यसले केही विकृति पनि भित्र्याएको छ।

जलेकी महिलालाई फेसबुकमार्फत पैसा उठाएर सहयोग

दुई महिना अघि आगोले जलेर सिकिस्त भएकी इटहरीकी एक महिलालाई विहीबार ४२ हजार उपचार खर्च दिइएको छ। कमजोर आर्थिक अवस्था हुँदा उपचारमा समस्या परेपछि आगोले जलेकी इटहरी वडा नं. ३ की २४ बर्षीया सरस्वती राईलाई सहयोग दिइएको हो।

फेसबुक दुरुपयोग रोक्न महिला सडकमा

फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालले संसारलाई जोडेको छ, विश्वलाई नै एउटा गाउँमा रुपान्तरण गर्दै पनि छ। यो सकारात्मक पक्ष हो तर, यसको दुरुपयोगले समाजमा विभिन्नखाले विकृति पनि देखापरेका छन्। कम्प्युटर, ल्यापटपबाट मात्रै नभएर खल्तीमा अटाउने मोबाइल सेटबाट सहजै चलाउन मिल्ने सामाजिक सञ्जालले कतिपय प्रयोगकर्तालाई असामाजिक पनि बनाएको छ।

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामुलक भिडियो हटाएकोप्रति माफी मागेको छ।

फेसबुक अभियानः हप्तामा एक दिन, एक छिन्, समाजका लागि

चितवनको लङ्कुका युवाले सामाजिक सञ्जाल (फेसबुक)बाट साइनो गाँसेर सरसफाइ अभियान थालेका छन् । उनीहरुले फोहर व्यवस्थापन गर्दै समाजमा सरसफाइसम्बन्धी सचेतना बढाउन ‘हप्तामा एक दिन एक छिन्, समाजका लागि’ भन्ने नयाँ अभियान सुरु गरेका हुन्

फेसबुक मेसेन्जरमा भिडियो र ग्राफिक्स पठाउने सुविधा थपिँदै

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो।

आफ्ना सन्तानको तस्बीर फेसबुकमा शेयर गर्दै हुनुहुन्छ? सावधान जेल जानुपर्ला !

एक आमा बुवालाई आफ्नी छोरीको बच्चाको फोटो फेसबुकमा पोष्ट गर्दा निकै महंगो सावित भएको छ। अष्ट्रेलियाकी एक १८ वर्षीया किशोरीले आफ्नो बच्चाको फोटो आमा बुवाले फेसबुकमा पोष्ट गरेको भन्दै मुद्दा दर्ता गराएकी छन्।

स्मार्टफोनपछि ल्यापटप र डेस्कटपमापनि फेसबुक लाइभ फिचर

विश्वप्रसिद्ध सामाजिक संजाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने भएको छ। फेसबुकले एक विज्ञप्ति जारी गर्दै हालसम्म एप्पल र एन्ड्रोइड स्माटएफोनमा मात्र उपलब्ध रहेको फेसबुक लाइभ फिचर ल्यापटप र डेस्कटपमासमेत सुरु गर्न लागेको जनाएको छ।

फेसबुकको लाइभ भिडियोले तनाव दियो? यसो गर्नुहोस्

विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ भिडियो स्ट्रिमिङ सेवा केही समयअघि सुरु गरेको हो। यो सेवा नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध भइसकेको छ। तर यसको अनावश्यक प्रयोगले फेसबुक प्रयोगकर्ताहरू दिक्क मान्न थालेका छन्।

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ। फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्