२४ असार २०८१ सोमबार
image/svg+xml

रुकुम त्रिबेणी १ मा स्वतन्त्र उम्मेदवार विजयी, मुसिकोटमा कांग्रेसको अग्रता

रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय त्रिबेणीका अनुसार ओलीले ५ सय ७७ मत ल्याएर विजयी भएका हुन्।

रुकुममा मतगणना हुँदै

रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ पालिकामा मतगणना भइरहेको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार आठबिसकोट नगरपालिकामा मतपेटिका आइनसकेका कारण ढिलाइ भएको हो भने बाफिकोटमा विवादका कारण सुरु हुन सकेको छैन।

उम्मेदवार चढेको गाडीको ठक्करबाट मतदाताको मृत्यु

रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो।

ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।

हिंसाविरुद्ध जागरुक हुँदै महिला

रुकुम पश्चिममा क्रियाशील अधिकारकर्मी महिलाहरु आवद्ध संस्थाहरुले ‘महिलामाथि हुने हिंसाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरेका छन्।

रुकुम पश्चिम हत्याकाण्ड: न्यायको पर्खाइमै बित्यो एक वर्ष

‘मृतक नवराज जलेर गए तर न्याय नजलोस्,’ नवराजकी दिदी सुशिला विकले भनिन्, ‘न्यायका लागि न्यायिक आँखा बन्द नहुन् ।’ ‘अब भाइ फिर्ता त हुँदैन,’ उनले भनिन्, ‘न्याय चाहिँ पाउनु पर्छ ।’

रुकुम पश्चिम घटना: अभियुक्तलाई थुनामै अनुसन्धान गर्न आदेश

सर्वोच्च अदालतले रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तहरूलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला र उच्च अदालतको आदेश सोमबार सदर गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आदेश सदरसहित चारजनालाई साधारण तारेखमा राख्न र बाँकी सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेको हो।

रुकुमबाट नक्कली डाक्टर पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा रुकुम पश्चिमबाट एकजना डाक्टर पक्राउ परेका छन्। चौरजहारी मिसन अस्पतालमा कार्यरत ३१ वर्षीय डा. दीपेन्द्र गौतम पक्राउ परेका हुन्।

स्वास्थ्य सेवा पहुँचले फेरिँदै आठबिसकोट

नगरपालिका बन्दा ५ वटा मात्र स्वास्थ्य चौकी रहेको आठबिसकोटमा स्थानीय तह बनेपछि २५ शड्ढयाको नगर अस्पताल र १३ वटा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ। अहिले १८ वटा स्वास्थ्य इकाइ केन्द्र रहेका छन् भने विशेषज्ञ सेवा सहितको अस्पताल छ।

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा

जनयुद्धको उद्गम थलो रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ। जनयुद्ध घोषणा भएको फागुन १ र २ गते चौरजहारी नगरपालिकाले सार्वजनिक विदा दिएको हो।

वृद्धाको बीभत्स अवस्थामा शव भेटियो

रुकुम पश्चिममा एक वृद्धाको बीभत्स अवस्थामा शव भेटिएको छ। जिल्लाको चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा स्थानीय करिब ५५ वर्षीया देवकला घर्तीको अद्र्धनग्न अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। आफन्त र स्थानीयले उनको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान गरेका छन्।

रुकुमपश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ११ जना बेपत्ता

रुकुम पश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

एउटै गाउँबाट १७ लाखको लसुन बिक्री

कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन । तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै गत वर्षदेखि चौखावाङका किसानले उत्पादन गरेको लसुन टयाक्टरमार्फत दाङ, नेपालगन्ज, बुटवल, पोखरासम्म पुग्ने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्