२३ असार २०८१ आइतबार
image/svg+xml

जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’

भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्।

चिसोका काराण बिरामी पर्न थाले भूकम्प पीडित

‘त्रिपालबाट पनि शीत चुहिन्छ। जसका कारण छोरी बिरामी परेकी हो। न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै। घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?’

जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।

चिसोले दुई भूकम्प पीडितको मृत्यु

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

भूकम्पपछि स्वास्थ्य चौकीमा बिरामीको भीड

जाजरकोटको बारेकाट गाउँपालिका–१ को रामीडाँडा स्वास्थ्य चौकीमा आजभोलि बिरामीको भीड लाग्छ।

एकीकृत, सुरक्षित र व्यवस्थित पुनर्निर्माण

हामीले पछिल्लो समयमा भूकम्प आउने कुरालाई ख्यालै नगरी घरहरू बनाउन थालेकाले नै ती घर आफ्नै लागि चिहान भए।

अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ।

भूकम्प पीडितलाई इयूको अट्ठाइस करोड असी लाख

युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ।

त्रिपालमुनि भूकम्पपीडितको तिहार

रुकुम पश्चिम आठबिसकोट–१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए।कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको सपपरिवारले यसपालिको तिहार त्रिपालमुनिनै मनाए।

समस्याका चाङ माथि कर्णाली

गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही दिन सबैको ध्यान ताने जस्तो गरेपनि बिस्तारै त्यहाँका पीडामा मलम लाग्न छोडेको छ।

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्र रूपमा राख्न पाउनुर्छ: सांसद् श्रेष्ठ

जनताले सांसदसँग सानासाना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन्। सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन्।

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ।

भूकम्प पीडितलाई तिहार भन्दा आफू कसरी बाँच्नेको चिन्ता

जाजरकोट, रावत गाउँका धनबहादुर रानाको परिवारलाई भूकम्पले विस्थापित गरायो। अहिले विस्थापित जीवन बिताइरहेका उनलाई भाईटिका (तिहार) को रौनकताले खासै छोएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्