७ आश्विन २०८१ सोमबार
image/svg+xml

भूकम्पपीडितलाई तीन लाख!

सरकारले भूकम्पपीडित परिवारलाई घर बनाउन दिने भनिएको अनुदान रकम बढाएर ३ लाख पुर्‍याउने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पको लामो समयसम्म पीडितले घर बनाउन नसकेको र दुई लाख रुपैयाँ घर बनाउन अपुग हुने भन्दै एक लाख रुपैयाँ थप्ने गृहकार्य अगाडि बढाउन लागेका हुन्।

भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स सञ्चालनमा

अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ ।

भूकम्पमा क्षतिग्रस्त भवनकोे सर्भे हुन अझै बाँकी

काठमाडौं– भूकम्प गएको १६ महिना हुदाँसम्म पनि त्यसबाट क्षतिग्रस्त केही भवनको सर्भे हुन सकेको छैन । सर्भे हुन नसक्दा दाबी भुक्तानीमा समस्या आएको छ।

लगत संकलनमा भूकम्पपीडित नै छुटे

केन्द्रीय तथ्यांक विभागले गरेको लगत संकलनमा करिब १ हजार ५ सय भूकम्पपीडित समावेश गरिएको छैन। ललितपुर जिल्लामा भूकम्पपीडितको परिचयपत्र पाएका तर राहत नपाएकालाई लगतमा समावेश नगरिएका कारण भूकम्पपीडित छुटाइएका हुन्। ती भूकम्पपीडितले अहिलेसम्म पनि राहतको १५ हजार र १० हजार रुपैयाँ पाएका छैनन्।

भूकम्पपीडितलाई महिनाभित्र ५० हजार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडित परिवारलाई घर बनाउने अनुदानबापतको पहिलो किस्ता उपलब्ध गराउन एक महिने विशेष अभियान सुरु गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी असोज २ गतेभित्र पीडित परिवारको बैंक खातामा रकम जम्मा गरिसक्ने गरी सोमबारबाट विशेष अभियान सुरु गरेको जानकारी दिए।

असाेज २ भित्र भूकम्प पीडितले ५० हजार पाउने

सरकारले ४५ दिनभित्र पहिलो किस्ताको रकम उपलब्ध गराउन निर्देशन दिएपछि पुननिर्माण प्राधिरणरले भूकम्प पीडितलाई पहिलो किस्ताको रकम अनुदान दिन एक महिने अभियान सुरु गरेको छ।

भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता असम्भव

प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेलगत्तै ३१ जिल्लाका भूकम्पप्रभावित परिवारलाई ४५ दिनभित्र पहिलो किस्ताको अनुदान उपलब्ध गराउन दिएको निर्देशन पूरा नहुने भएको छ। हालसम्म प्रभावित ३१ जिल्लामध्ये ११ जिल्लाको मात्र विस्तृत घरधुरी सर्वेक्षण सकिएका कारण प्रधानमन्त्रीको निर्देशन पूरा हुने आधार नदेखिएको हो।

भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान

खोटाङ– खोटाङको नुनथला–८ का युवाले भूकम्पले ढलेको विद्यालय उठाउन प्रवासमा अभियान चलाएका छन्। रोजगारीका सिलसिलामा खाडी मुलुकमा पुगेका युवाले भूकम्पले ढलेको नुनथला–८ गैरीस्थित नवज्योती प्राविको भौतिक तथा शैक्षिक विकासका लागि अभियान चलाएका हुन्।

मरियाना टापुमा ७.७ भूकम्प

अमेरिकाको मरियाना टापुमा ७.७ रेक्टर स्केलको भूकम्प आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युएस जियोलोजिकलका अनुसार शनिबार अरिगन टापु भन्दा १९ किमी दक्षिणी –पश्चिम मरियाना टापुमा ७.७ रेक्टरको भूकम्प आएको जनाएको छ।

पपुवा न्युगिनीमा भूकम्प

पपुवा न्युगिनीमा आज ६.४ रिक्टर स्केलको भूक्कप आएको समाचार छ । पपुवा न्युगिनीको लोरेङगाउ सहरबाट १२८ किलोमिटर टाढा रहेको यस इलाकामा सो भूकम्पले बढी प्रभावित पारेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

पहिरोले भक्तपुरका भूकम्पपीडितको उठिबास

भक्तपुर-चारदेखि परिरहेको अविरल वर्षाले पहिरो आउँदा भक्तपुरको नगरकोट सडक छेउछाउका बस्ती पहिरोको जोखिममा परेका छन्। भूकम्पले घर भत्केपछि सडक छेउछाउ टहरा बनाएर बसेका पीडित चार दिनयताको अविरल वर्षासँगै पहिरो जान थालेपछि टहराबाट पनि उठिबास भएका छन्।

भूकम्पका कारण ३२ प्रतिशतमा उदासीनताको समस्या

काठमाडौं-गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ। बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त तथ्य निकालेको हो ।

भूकम्पमा जीवन गुमाएकाकाे सम्झनामा महामृत्युञ्जय मन्दिर निर्माण गरिने

काठमाडौं– गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएका करिब ९ हजार मानिसको सम्झनामा काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारमा महामृत्युञ्जय मन्दिर निर्माण हुने भएको छ।

झरीले पिरल्यो भूकम्पपीडितलाई

बर्खामास दिनरात झमझम पानी परिरहेपछि अहिलेसम्म पनि त्रिपाल र जस्ताका अस्थायी टहरामा बस्न बाध्य भूकम्पपीडितसँग झरीमा रुझ्नुको विकल्प छैन। गतवर्षको विनासकारी भूकम्पले घर भत्काएपछि अहिलेसम्म पनि अस्थायी शिविरमा बस्न बाध्य भूकम्पपीडित परिवारको जनजीवन सकसपूर्ण बनेको हो।

जापानमा ५ रेक्टर स्केलको भूकम्प

जापानमा भूकम्पको धक्का महशुस गरिएको छ । आइतबार जापानको पूर्वी भागलाई केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। उक्त भूकम्पको धक्का राजधानी टोकियो आसपास समेत महसुस गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्