७ आश्विन २०८१ सोमबार
image/svg+xml

न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बया तोप चराले बनायाे गुँड, भूकम्पपीडितकाे अाकाशमुनी बास (फाेटाेफिचर)

काठमाडौं – नेपालमा पाइने विभिन्न प्रकारका चरामध्ये रंगीन चरा ‘बया तोप चरा (वेवर्स बर्ड)’ को परिचय भिन्न छ। कलात्मक शैलीमा अग्ला रुखहरुमा गुड निर्माण गर्ने हुँदा यसलाई इन्जिनियर चरा समेत भन्ने गरिन्छ।

भूकम्पपीडितको राहत सामग्री क्षेत्रीय गोदाममै कुहियो

इटहरी– भूकम्पपीडितका लागि दाताबाट प्राप्त राहत सामग्री समयमै वितरण गर्न नसक्दा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सुनसरी इनरुवाको गोदाममा राखेको खाद्य सामग्री कुहिएर काम नलाग्ने भएको छ। उच्च प्रविधियुक्त गोदाम नहुँदा त्रिपाल, कम्बल, लत्ताकपडालगायतका सामान पनि मुसाले काट्न थालेको छ।

सरकारले भूकम्प पीडितभन्दा अाफू निकट एनजिओलाई प्राथमिकता दियो

११ जिल्लामा सर्वेक्षण गर्न मात्रै ७८ करोड रुपैयाँ खर्च भएको देखाइएको छ। पैसा यथेष्ट खर्च हुने, त्यो एनजिओले पाउने तर भूकम्पपीडितको अवस्थामा कुनै सुधार नहुने यस्तो अवस्था अन्त्य गरौं भन्दा विभिन्न झुटा आरोपहरु सामना गर्नुपर्ने अवस्था छ। निजी क्षेत्र १५ प्रतिशत प्रशासनिक खर्चमा काम गर्न तयार छ। एनजिओलाई २० प्रतिशत दिइएको छ। यसबारे बहस गरौं भन्दा आफू सिइओ हुन नपाएर रिस पोखेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो।

दुई पटक भूकम्पको धक्का

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहानै लगातार दुई पटक भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार पहिलो आज बिहान ६ बजेर ८ मिनेटमा ४ दशमलव ४ रिक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प पीडितको चामल बेच्दै सरकार

काठमाडौं-सरकारले भूकम्प पीडितका नाममा छिमेकी देशले पठाएको हजारौं क्विन्टल चामल कुहिन थालेपछि सस्तो मूल्यमा बेच्न थालेको छ।

भूकम्पपीडितको गुनासो सुन्न समिति

काठमाडौं– भूकम्पपीडितको पुनर्निर्माणसम्बन्धी गुनासो सुन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच तहको समिति रहनेगरी गुनासो सुनुवाइ कार्यविधि पारित गरेको छ।

‘भूकम्पपीडितलाई भरपर्दो व्यवस्था मिलाऊ’

काठमाडौं— मनसुन सुरु भएसँगै भूकम्पपीडित जनता थप मारमा परेको भन्दै सांसदहरूले तत्काल भरपर्दाे व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा बिहीबार विशेष र शून्य समयमा बोल्दै उनीहरूले बाढी–पहिरोले भूकम्पपीडितका टहरा बगाएको र उनीहरू बसेको ठाउँ नै जोखिममा परेको प्रति सरकारको ध्यानाकर्षण गराए।

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ।

भूकम्पपीडितका नाममा राजनीति

भूकम्पपीडितलाई सरकारले दिने अनुदानलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसले ५ दिनसम्म संसद् अवरुद्ध गर्‍यो। प्रतिपक्षीको जस्तो जुझारू भूमिका खेल्न नसकिरहेको कांग्रेसले अख्तियार गरेको संसद् अवरुद्ध राजनीतिक सहमतिका नाममा टुंगो लागेको देखिँदैछ।

गोरखाको केरौँजामा पहिरो, भूकम्पपीडितले गाउँ छाडे

गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौँजा–१ का ११३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् । गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पु¥याएपछि गाउँले बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन् ।

सुदूरपश्चिममा तीन घण्टामा १३ पटक भूकम्प धक्का

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन्। आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ।

१९ मिनेटमा तीन पटक भूकम्प

सदरमुकाम चैनपुरलाई केन्द्रबिन्दु बनाएर १९ मिनेटमा ३ पटक भूकम्प गएको धक्का महशुस गरिएको छ। भूकम्पका कारण सदरमुकाम चैनपुरका अधिकांश घरमा क्षति पुगेको छ।

दुईवटा भूकम्पको धक्का

बुधबार दिउँसो पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर दुईवटा भूकम्पको धक्का महशुस भएको छ। बझाङ केन्द्र विन्दु बनाएर बुधबार दिउँसो २ बजेर ५६ मिनेटमा ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प पीडितलाई दुई किस्तामा अनुदान दिन दलहरु सहमत

भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडानबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसपछि हटेपछि शुक्रबारदेखि अबरुद्ध संसद सुचारु हुने भएको छ। प्रमुख दलले गठन गरेको संयुक्त कार्यदल र शीर्ष नेताबीचको संयुक्त बैठकमा भूकम्प पीडितलाई दुई किस्तामा राहत अनुदान दिने विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसद बैठक सुचारु हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्