२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गिरानचौरका भूकम्पपीडितले पाए सुन्दर बस्ती

डेढ वर्ष अस्थायी टहरोमा कष्टप्रद दैनिकी गुजारेका मेलम्ची– ८ गिरानचौरका भूकम्पपीडित नयाँ घर सरेका छन् । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएपछि स्थानीय पीडितले नयाँ घर पाएका हुन् ।

भूकम्प पीडितलाई तिहारमा आफ्नै घर, राष्ट्रपतिद्वारा वस्ती हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुदायलाई हस्तान्तरण गरेकी छिन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।

इटालीमा दुई शक्तिशाली भूकम्प

इटालीमा बुधबार राति दुई शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। सञ्चार माध्यमले इटालीमा ५.४ र ६.० रेक्टर स्केल गरी दुई शक्तिशाली पराकम्पन गएको बताएका छन्।

९० हजार भूकम्पपीडितलाई अनुदान स्वीकृति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न स्वीकृति दिएको छ। प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरका एक लाख १५ हजार ६ सय ७१ लाभग्राहीमध्ये पहिलो चरणमा ९० हजार ८ सय ८८ घर–परिवारलाई अनुदान वितरणको स्वीकृति दिएको हो।

आफैं घर बनाउँदै भूकम्पपीडित

कुर्घा-५ थुमका पे्रमबहादुर थापाको घर गाउँकै आकर्षक थियो। तर, परम्परागत शैलीको भएकाले १२ वैशाखको भूकम्पले पूर्ण रूपमा भत्कायो। सरकारले घर बनाइदिने भनेपछि उनले एक वर्षसम्म आशा गरे। सरकारले ढिलाइ गरेपछि उनी आफैं भूकम्पप्रतिरोधी घर बनाउन कसिएका छन्।

गुठी जग्गाले भूकम्प पीडितको उठीबास

पश्चिमी किउल गाउँका शोभाराम विकको घर गत वर्षको भूकम्पले ढाल्यो । कमाउँदै आएको जमिनमा पनि पहिरो लाग्यो । विक परिवार नजिकै सुरक्षित स्थानमा स¥यो । गत फागुनमा उनले घर बनाए । ऋणधन गरेर बनाएको घरमा सर्नसम्म पाएनन् उनी । उनले बनाएको त्यो घर आँखैअघि भत्काइयो । न्यायका लागि उनी कतै जान सकेनन् । कानुनले शोभारामको हातगोडा बाँधेको थियो ।

साढे ५ हजार भूकम्पपीडित सम्पर्कमा आएनन्

भूकम्पलगत्तै पीडितको परिचय कार्ड बनाएका काठमाडौं उपत्यकाका साढे ५ हजार घरधुरी अहिले सरकारी सम्पर्कबाहिर छन् । निजी घर निर्माणअघि अनुदान वितरणका लागि भएको घरधुरी सर्वेक्षणका क्रममा उनीहरु सम्पर्कमा नआएका हुन् ।

दार्चुलामा भूकम्पको धकका महसुस

दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प

पुवा न्युगिनीमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।  जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ ।

दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

काठमाडौं- दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको छ। वुधबार दिउँसो २:१४ बजे भूकम्प गएको थियो। दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंमा समेत कम्पन महसुश भएको थियो। सिस्मो नेपालले गत सालको भूकम्पको पराकम्प भएको जनाएको छ।

छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं

भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन्। गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन्। सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउँछिन्। उनले भनिन्, “दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।”

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

भक्तपुर- दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन्।

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन् । दसैंमा घर पोत्न प्रयोग हुने कमेरो (घरको भित्र पोत्न प्रयोग हुने सेतो माटोरु एक लाखसम्मको बिक्री हुने गरे पनि यस वर्ष भने रु एक हजारको कमेरो पनि बिक्री नभएको यहाँका बासिन्दाले बताएका छन् ।

दसैंमा पनि भूकम्पपीडित टहरामै

यस वर्षको दसैंमा पनि भक्तपुरका भूकम्पपीडितको बास टहरामै हुने भएको छ । भूकम्पपछि अस्थायी टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य पीडितलाई अहिलेसम्म घर बनाउन सरकारले सघाउन नसक्दा यस वर्षको दसैं पनि टहरामै बित्ने भएको हो ।

भूकम्प गएकाे १८ महिनामा जम्मा १ लाख १५ हजार घर सर्वेक्षण

काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्