२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चार लाख भूकम्पपीडितलाई पहिलो किस्ता

काठमाडौँ- भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ।

भूकम्पको पैसा लिन हिँडेका पृथिबीबहादुरको बाटोमै मृत्यु

आवास अनुदान बापतको पहिलो किस्ता रकम लिन सिन्धुलीको जिनाखु गाविसबाट सदरमुकाम सिन्धुलीमाढीमा आउँदै गरेको एक वृद्धको बाटैमा मृत्यु भएको छ। जिनाखु गाविस घर भई सदरमुकाम सिन्धुलीमाढीमा रहेको सुप्रिम डेभलमेन्ट बैकमा पहिलो किस्ता पचास हजार लिन आउने क्रममा बाटैमा उनको अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

भूकम्प पीडितलाई तीन लाख अनुदान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई घर बनाउन प्रदान गर्ने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पु¥याउने निर्णय गरेको छ ।

भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय

पुर्ननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख अनुदान रकम दिने निर्णय गरेको छ। सोमबार बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय गरेको पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जानकारी दिए। योसँग भूकम्प प्रभावितलाई दिने अनुदान अब तीन लाख पुगेको छ।

जापानमा ६ रेक्टर स्केलको भूकम्प

हङकङ–जापानमा सोमबार ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ।

भूकम्पपीडितलार्इ अनुदान ३ लाख, निर्ब्याजी ऋण ३ लाख

सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकममा एक लाख रुपैयाँ थप गर्नेबारे प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा छलफल सुरु भएको छ । जसअनुसार निर्णय भए अनुदान रकम तीन लाख पुग्नेछ । त्यसबाहेक ३ लाख रुपैयाँ निब्र्याजी ऋण दिइने विषयमा पनि छलफल अघि बढाइएको छ ।

जापानको पूर्वी तटीय सहरमा शक्तिशाली भूकम्प

पूर्वी जापानको तटीय सहरमा शुक्रबार एक शक्तिशाली भूकम्प गएको समाचार छ। सो भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जानकारी दिएको छ।

भूकम्पपीडितलार्इ थप १ लाख दिनेबारे प्रधानमन्त्री–प्राधिकरण सीइअाेबीच छलफल

निजी घर पुनःनिर्माणका लागि भूकम्पपीडित जनतालाई रु एक लाख थप गर्ने सम्बन्धमा छलफल गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइतबार बस्ने भएको छ।

काठमाडौंको संरचना र भूकम्प

काठमाडौं उपत्यका प्राचीन ताल बन्नुका साथै फैलनु, बढ्नु, घट्दै जानु र अन्त्यमा गएर नष्ट हुनुमा टेक्टोनिक्सको कारणले भूकम्प जानुका साथसाथै मौसम परिवर्तनका कारणले महत्वपूर्ण भूमिका खेलेको हो भन्ने निष्कर्ष निस्कन्छ।

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण टिभीबाट प्रत्यक्ष प्रसारण गरिने

भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नम्बर वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ।

भूकम्पपछिको पुनर्निर्माण कार्य रोकियो

भूकम्पपछिको पुनर्निर्माणमा सघाउन सिन्धुपाल्चोक खटिएका प्राविधिकहरुले ६ बुँदे माग अघि सारेर आन्दोलन घोषणा गर्दै मंगलबारदेखि सबै काम ठप्प पारेका छन्।

तान्जानियामा ५.७ रेक्टर स्केलको भूकम्प, ११ जनाको मृत्यु

अफ्रिकी मुलुक तान्जानियामा शनिबार गएको ५.७ रेक्टर स्केलको भूकम्पमा परी ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

भूकम्प पीडितको अनुदान बाँड्न बैंकलाई हम्मे

सरकारको स्पष्ट नीति नहुँदा भूकम्प पीडितलाई अनुदान बाँड्न समस्या परेको बैंकहरुले जनाएका छन् । अनुदान वितरण गर्दा आउने सुरक्षा चुनौती, इन्टरनेट र बिजुली अभाव लगायत कारणले बैंकहरुलाई अनुदान वितरण गर्न समस्या परेको हो ।

सवा ३ लाख भूकम्प पीडितलाई पहिलो किस्ता

गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ३ लाख १९ हजार पीडितले आवास निर्माण अनुदानको पहिलो किस्ताबापत् ५० हजार रुपैयाँ पाएका छन् । ७६ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका मध्ये ६० प्रतिशतले अनुदान रकम पाएका हुन् ।

'भूकम्पपीडितका लागि उठाएको रकम निजी अकाउन्टमा छैन'

भूकम्पपीडितका नाममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान सहितको संलग्नतामा उठाइएको रकम निजी अकाउन्टमा नरहेको सम्बन्धित संस्था एवं व्यक्तिहरुले प्रस्ट्याएका छन्। एनआरएनएका आइसीसी उपाध्यक्ष भवन भट्ट, भूकम्पपीडित राहत तथा सहयोग समिति जापान, एनआरएनए जापानले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितलाई सहयोग गर्न उठाएको रकम संस्थाकै अकाउन्टमा रहेको र एनआरएनएको पुनःनिर्माण योजनाका लागि तयारी अवस्थामा रहेको उल्लेख गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्