२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूकम्प पछिको पुननिर्माणमा खटिएका इन्जिनियरद्वारा सामूहिक राजीनामा

भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी आन्दोलनमा उत्रेका इन्जिनियर तथा प्राविधिकले सामूहिक राजीनामा दिएका छन्।

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी दिइएन्

मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ। दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय र सपत्तीको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन्।

भूकम्प पीडितलाई डेढ लाख दिन अर्थको सहमति

भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्तामा डेढ लाख रुपैयाँ दिन संशोधन गरिएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ। अर्थबाट स्वीकृति पाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको छ। अब कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

भूकम्प पीडितलाई डेढ लाख दिन अर्थको सहमति

भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्तामा डेढ लाख रुपैयाँ दिन संशोधन गरिएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयलेे सहमति दिएको छ। अर्थबाट स्वीकृति पाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको छ। अब कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प

आइतबार सोलोमोन द्विपमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ।

पपुवा न्युगिनियामा ७.९ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनिमा शनिबार ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभाग (युएसजिएस)ले जनाएको छ।

काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको लगत पुनः मूल्याङ्कन नगर्दा सोलुखुम्बुका भूकम्पपीडितले काठ काट्न समेत पाएका छैनन् ।

भूकम्प पीडितलाई झुक्काएको भन्दै वर्ल्डभिजनलाई जिविसले स्पष्टिकरण सोध्यो

गोरखामा रहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्ल्डभिजन इन्टरनेशनल नेपालले भूकम्प पीडितलाई झुक्याएपछि जिविस गोरखाले स्पष्टिकरण सोधेको छ। मंसिर १९ गते नागरिक दैनिकमा भूकम्प पीडितलाई झुक्याएको समाचार प्रकाशित भएपछि जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शतिसकुमार भट्टराईले पत्राचार गर्दै तत्काल जवाफ पठाउन भनेका हुन्।

शक्तिशाली भूकम्पपछि १० हजारभन्दा बढी घरवारविहीन

पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा गत बुधबार गएको शक्तिशाली भूकम्पको कारण १० हजार ३०१ व्यक्ति आफ्ना घरवार छोडी भागेका त्यहाँको प्रकोप नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ ।

इण्डोनेसियामा शक्तिशाली भूकम्प, २१ को मृत्यु

इण्डोनसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इण्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो। सो भूकम्पमा परी हालसम्म २१ जनाको मृत्यु भएको जनाइएको छ। इण्डोनेसियाको आचे प्रान्तमा भूकम्पको केन्द्र विन्दु रहेको अमेरिकन जियोलजिकल सर्वेले जनाएको छ।

भूकम्प पीडितलाई १ खर्ब ३६ अर्ब

भूकम्पले क्षतीग्रस्त निजी आवास तथा सरकारी संरचना निर्माण गर्न सरकारले अहिलेसम्म सवा खर्ब रुपैयाँभन्दा धेरै रकम उपलब्ध गराएको छ। पछिल्लोपटक मंगलबार व्यक्तिका निजी घर निर्माणको लागि २८ अर्ब रुपैयाँ, सरकारी भवनको लागि ४ अर्ब रुपैयाँसहित १ खर्ब ३६ अर्ब रुपैयाँ रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको हो।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, २५ को मृत्यु

इन्डोनेसियाको आचे प्रान्तमा बुधबार बिहानै शक्तिशाली भूकम्प गएको छ। बिहान ५ बजे गएको सो भूकम्प ६.४ म्याग्नेच्युडको भएको युएस जियोलोजिकल सर्भेले जनाएको छ।

अनुदान नपाएका भूकम्प पीडित धुरूधुरू रोए

लाभग्राहीको सूचीमा नाम समावेश भए पनि लालपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएपछि भक्तपुरका भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् ।

बिहान गएको भूकम्पले एक जनाको मृत्यु

सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ।

भूकम्प र आगलगी पीडित भीमबहादुरलाई सहयोग जुट्दै

कटेरोमा आगो लागेर पुर्ननिर्माणका लागी सरकारले सहयोग गरेको पहिलो किस्ताको अनुदान रकम सहित सबै धनमाल जलेर बिचल्लीमा परेका दोलखा लापिलाङका भीम बहादुर कार्कीलाई सहयोग जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्