२३ आश्विन २०८१ बुधबार
image/svg+xml

हामी एक्लै चुनाव जित्छौंः ओली

‘गठबन्धन दलहरूलाई एक्लाएक्लै चुनावमा गए एमालेले कर्‍याककुरुक बनाउनेछ। एक्लाएक्लै आए भने त कर्‍याकमर्‍याक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्‍याककुरुक बनाउँछौं’, ओलीले भने।

एमाले सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दै

बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

निर्वाचन तयारीमा जुटे दलः मतदाता तान्न आरोप–प्रत्यारोप

एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेकपा नेतृत्व सरकारको समयमा व्यापक आर्थिक अनियमितता भएको आरोप कांग्रेसले लगाउँदै आएको छ। कांग्रेसले एमसिसी र त्यसलाई संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनकै दलहरूले सुरुमा राखेको असहमतिका साथै त्यसका विषयमा उठेका प्रश्नलाई चिर्ने जनाएको छ। गठबन्धनमै रहेका दलहरूले एमसिसीका विषयमा आमजनतामा भ्रम सिर्जना गरेको कांग्रेसको निचोड छ।

रणनीति बनाउँदै एमाले

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।

संसद्मा पार्टी नीतिविपरीत रावल

‘राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता पार्टीभन्दा माथिका विषय हुन्। यो विषयमा बोल्दा पार्टीसँग अनुमति लिइरहनुपर्दैन।’

जनताका समस्या समाधान गर्ने पार्टी एमाले हो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन्।

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

अहिलेको सरकार जरा बिनाको मुला हो: केपी ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन्।

जंगे प्रचण्ड र माधव अहिले बुंगे भएः ओली

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाले नेपालमा गोरु ब्याएको टिप्पणी गरे। ‘पहिले पहिले गोरु ब्याउँदैन भनिन्थ्यो, तर सर्वोच्चको फैसलापछि नेपालमा गोरु ब्याउँदैन होईन, पाँच–पाँच वटा बाच्छा पायो,उनले भने।

चुनाव चिन्ह हरियो स्वीकार्य छैन, रातो बनाउनुपर्छ: ओली

ओलीले हरियो चिन्ह हुँदैमा रुख नव्यूँतने भए पनि आफूहरूलाई हरियो चिन्ह मान्य नरहेको स्पष्ट पारे। ‘काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछ‘ उनले भने, 'हरियो चिन्ह हामीलाई मान्य छैन चुनाव चिन्ह रातो बनाउनुपर्छ।’

गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।

आजको लडाई जनादेश र परमादेशी बीचको होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लडाई जनादेशी र परमादेशी बीचको भएको बताएका छन्। नेकपा एमाले गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘आजको लडाई जनादेशी र परमादेशी बीच छ।’

आगामी निर्वाचनमा एमालेले जित्न जरुरी छ: गोकर्ण विष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्।

एमसीसी व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

एमसिसी अनुमोदनमा एमालेको समर्थन

‘संसद्बाट अनुमोदन भइसकेको एमसिसी राष्ट्रहित अनुकूल हुनेगरी कार्यान्वयन हुनुपर्दछ। पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ’, एमालेले भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्