६ आश्विन २०८१ आइतबार
image/svg+xml

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ।

मोबाइल नियमन गर्न एक अर्बको परियोजना

मोबाइल ह्यान्ड सेटको बजार र यसको प्रयोगमा समस्याहरू थपिँदै गएपछि सरकारले मोबाइल प्रयोगको नियमन गर्ने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल प्रयोगलाई व्यवस्थित गर्न एक वर्षभित्र ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिएमएस) लागू गर्ने भएको छ।

वनको जग्गा किनबेच गराउने गिरोह खोज्दै परियोजना

सागरनाथ वन विकास परियोजनाले जिल्लाको वागमती नगरपालिका अन्तर्गत मूर्तिया वन व्यवस्थापन क्षेत्रको अतिक्रमित जग्गा व्यक्तिगत रूपमा किनबेच गराउने गिरोहको खोजी सुरु गरेको छ।

डिपिआर तयार पारेर पञ्चेश्वर परियोजना अगाडि बढाइने

नेपाल–भारत सचिवस्तरीय बैठकले बहुचर्चित पञ्चेश्वर परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने र त्यसैका आधारमा परियोजनाको काम अगाडि बढाइने सहमति गरेको छ।

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्‍याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ।

अघि बढ्ला पञ्चेश्वर परियोजना?

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) ६ महिनाभित्र बनाएर तत्काल निर्माण थाल्ने उल्लेख छ।

कछुवा गतिमा नाक्चेलाग्ना सडक परियोजना, ८ वर्षमा १६ किलोमिटर खनियो

त्रिदेशीय महत्व र प्रमुख ब्यापारिक मार्गका रूपमा हेरिएको गमगढी—नाक्चेलाग्ना सडक खण्डको निर्माण कार्य कछुवा गतिमा अगाडी बढी रहेको छ। २०७३ पौष ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद बैठकले चीनको तिब्बतसँग जोड्ने उक्त सडकको निर्माण कार्य दुर्तगतिमा अगाडि बढाउन जिल्लामा परियोजना कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

सुधार परियोजनाका लागि नेपालार्इ एडिबीकाे १० अर्ब ऋण

एशियाली विकास बैंक(एडिबी)ले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ।

चीनद्वारा ‘पोलर सिल्क रोड’ परियोजना घोषणा, रुसको साथ

चीन सरकारले आफ्नो आगामी परियोजना ‘पोलर सिल्क रोड’को घोषणा गरेको छ। व्यापार विस्तारको उद्देश्यसहित आएको यो महत्वाकांक्षी योजनाले समुद्री मार्गमार्फत उत्तरी धुव्रलाई जोड्नेछ।

फ्रान्सका राष्ट्रपति चीनमा, ‘वन वेल्ट, वन रोड’ परियोजनाको समर्थन

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संचनागत योजनामा यूरोपले भाग लिनुपर्ने बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा छ। उनले सिल्क रोड, जसलाई ‘वन वेल्ट, वन रोड’ पनि भनिन्छ, यसबाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।

पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी

एकदमै खुशी महसुस भइरहेको छ । यसअघि पनि यहाँका जनताले मलाई अवसर दिएका थिए । अझै पनि मलाई जनताले सेवा गर्ने अवसर दिएका छन् । विगतका दिनमा यहाँका जनताको लागि गरेको कामलाई निरन्तरता दिने र आगामी दिनमा अझै जिल्लाको समग्र विकासको लागि कदम चाल्नेछु ।

पाँच दिनभित्र सम्भाव्य परियोजना प्रस्ताव गर्न निर्देशन

अर्थ मन्त्रालयले छिमेकी चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई) परियोजनालाई प्राथमिकता दिँदै यसअन्तर्गत नेपालमा बन्न सक्ने सम्भाव्य आयोजनाको नाम दिन विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

चार करोडको लगानीमा ७ वटा खानेपानी परियोजना सुरु

तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम सुरु भएको छ । विभिन्न छ गाउँका ७ सय ४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण सुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण सुरु भएको हो ।

रौतहटमा सुरु भयो धुर्मुस-सुन्तलीको चौथौ परियोजना (फोटो फिचर)

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन्।

सवा ३ अर्बको मर्मत परियोजना कागजमै

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मत गरी थप बलियो बनाउन साढे दुई वर्षअघि एउटा नयाँ परियोजना घोषणा गरियो । विमानस्थल व्यवस्थापनले यसका लागि ३ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गर्‍यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्