अपराधीविरुद्ध फेरि निर्मम बने एसपी कार्की, आधा घण्टामै अपहरणकारी पक्राउ !
नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ।
नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ।
नेसनल प्याब्सन कास्कीले आयोजना गरेको ‘प्रथम अन्तरविद्यालयस्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता–२०७६’ को पछिल्लो समय नेपाली भाषाको भाषिक सीप सिकाइमा कठिनाइ उत्पन्न भएको यथार्थलाई मनन गरी उसले कार्यक्रम आयोजना गरेको थियो।
कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले उम्मेदवारी दिने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर काम गरिसकेका खातीले समितिको अध्यक्षमा दावी गरेका हुन्।
जिल्ला समन्वय समिति कास्कीको कोषमा रहेको रकम पालिकालाई वितरण गर्ने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को शुक्रबारको खेलमा कास्की काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।
घरेलु मैदानमा अन्डर–१६ का मनिष थापा चम्किँदा माइभ्याली फुटबल क्लबले पाहुना टिम कास्की–११ लाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उद्घाटन खेलबाटै घर फर्काएको छ। मनिषका आकर्षक २ र टिम कप्तान सुवास राईको पेनाल्टी प्रहारले आयोजक माइभ्याली २ का विरुद्ध ३ गोलले विजयी बन्यो।
इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ। कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए।
कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन्। पूर्व स्वास्थ्यमन्त्री अधिकारीले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका हुन्। थापा कानुनमन्त्री समेत हुन्। अधिकारीले ४९२४२ मत प्राप्त गरे भने थापाले २५८२६ मत प्राप्त गरे।
कांस्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका हुन्। विश्वकर्माले ३२ हजार ६ सय ९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरे।
कास्की प्रदेश सभा १ 'क' मा नेकपा माओवादी केन्द्रका दिपक कोइराला विजयी भएका छन्। उनले १८७२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका जीवन परियारलाई पाराजित गरे। परियारले १५०८१ प्राप्त गरे।
युवा नेताको पहिचान कमाएका बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की–२ मा जित हात पारेका छन्। एमालेबाट उम्मेवार बनेका अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।
कास्की जिल्लाका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ। तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो।