३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कास्कीमा चार बजेसम्म ६० प्रतिशत मत खस्यो

कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ। दिउँसो पौने ४ बजेसम्मको तथ्यांक अनुसार सहरी क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

लमजुङ र कास्कीको सीमानामा घरेलु हतियारसहित चार पक्राउ

लमजुङ र कास्कीको सिमावर्ती स्थान रामबजारमा घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारबाट झोलामा हतियार बोकेर कास्कीको रुपा गाउँपालिका तर्फ जाँदै गरेका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

प्रदेश ४/कास्की : मतदाता ‘पर्ख’ र ‘हेर’को अवस्थामा

कास्कीको निर्वाचनले यहाँका राजनीतिक दल र मतदातामा उत्साह जगाएको छ । प्रदेशभित्र सबैभन्दा बढी ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला कास्की मात्र हो । सिंगै कास्की र पोखरा सहरको समृद्धिको आधार तय गर्ने गरी मतदाताले अहिलेको निर्वाचनलाई हेरेका छन् ।

कास्की–१ मा बहालवाल मन्त्री र पूर्वमन्त्री भिड्दै

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर एकमा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बहालवाला कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाको निर्वाचनका लागि  मनोनयन दर्ता गराएका हुन् ।

कास्कीमा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा

आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

कास्की र झापामा बंगुरका नमुना फार्म

सरकारले बंगुरपालनमा व्यवसायीकरण गर्न मुलुकका दुई जिल्लामा नमुना फार्म निर्माण गर्ने भएको छ। निजी क्षेत्रसँगको सहकार्यमा कास्की र झापामा फार्म निर्माण गर्न लागेको हो। सो कार्यक्रमको लागि सरकारले करिब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

आर्चरीमा कास्की अगाडि

उदयपुरमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा कास्कीले ५ स्वर्ण, २ रजत र ३ कांस्य गरी १० पदकसहित बर्चस्व कायम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्