५ आश्विन २०८१ शनिबार
image/svg+xml

नाम बदलेर नागरिकता

वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुईजनाले नागरिकता लिएको खुलेको छ। जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका हुन्।

२० वर्षमा पनि भएन जन्मदर्ता

आफू जन्मेलगत्तै बाबुआमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३ सुलुबुङका २० वर्षीय विशाल बुर्जाले जन्मेपछि आफ्ना आमाबाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन पनि अहिलेसम्म भौंतारिनु परेको छ।

नागरिकता र राहदानी लिने बढे

दसैं र तिहारबीच जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता र राहदानी लिनेको संख्या बढेको छ। दसैं र तिहार मनाउन घर आएको मौका पारेर सदरमुकाम दिक्तेल आएका सेवाग्राहीका कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउनेको संख्या बढेको हो।

नागरिकता विधेयक अलपत्र

छलफल रोकिएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेको नागरिकता विधेयक अलपत्र पर्ने देखिएको छ। उक्त विधेयक २०७५ भदौ ५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो। विधेयकमा एक वर्षदेखि मुख्य विवादका रूपमा वैवाहिक अंगीकृत नागरिकता रहेको छ।

बैवाहिक अंगीकृत नागरिकताबारे बाबुरामः विदेशी ज्वाईँसँग किन डराएकाे ?

विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको पनि बताए। आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ’ भट्टराईको प्रश्न थियो। विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनु पर्‍यो?

शीर्ष नेतासँग छलफल गर्ने भन्दै बैठक रोकियो

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको विषयमा नागरिकतासम्बन्धी २०६३ कै ऐनबमोजिम हुनुपर्ने भन्दै फरकम मत राखेपछि बैठक शीर्ष नेतासँग छलफल गर्ने भन्दै निष्कर्षविहीन भएको थियो।

नागरिकता विधेयकमा कांग्रेसको लिखित असहमति

समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ।

सहमति नभए मतदानमा जान सभापतिलाई दबाब

नेकपाका सांसदहरू नवराज सिलवाल, यशोदा सुवेदी, रेखा शर्मालगायतले सहमति नभए मतदानबाट भए पनि आइतबारभित्र नागरिकताको विषयमा टुंगो लगाउन सभापतिलाई दबाब दिएको स्रोतले बताएको छ

'विदेशी ज्वाइँलाई तत्काल अंगिकृत नागरिकता दिन सकिँदैन'

सरकारले तत्काल विदेशी ज्वाइँलाई अंगिकृत नागरिकता दिन नसकिने अडान राखेको छ। गृहसचिव प्रेमकुमार राईले तत्काल विदेशी ज्वाइँलाई नेपालको अंगिकृत नागरिकता दिने पक्षमा सरकार नरहेको प्रष्याएका हुन्।

टोली पठाएर नागरिकता दिने विषय पेचिलो

न टोली गाउँगाउँमा खटाएर नागरिकता वितरण गर्ने कार्य हटाउनुपर्ने र राख्नुपर्नेमा सांसदहरू दुई कित्तामा उभिएका थिए।

दोेहोरो नागरिकता लिने एक जना पक्राउ

बस्नेतले दमकमा चिनियाँ लगानीमा निर्माण हुने औद्योगिक क्षेत्रको मुआब्जा कम भएको भनेर आन्दोलनको नेतृत्व गरेका थिए। उनले त्यहीँ विषयमा पत्रकार सम्मेलन गरिरहदा पत्रकार मन्च दमकको कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

आमाले स्वःघोषणा गरेमा वंशजको नागरिकता

कुनै महिलाले आफूबाट जन्मेको बच्चाको बाबु पत्ता लाग्न नसकेको स्वघोषणा गरे त्यस्ता बालबालिकाले वंशज वा अंगीकृत नागरिकता पाउने विषयमा सहमति जुटेको छ। तर स्वःघोषणा गलत भएको देखिएमा के कारबाही गर्ने भन्नेबारे भने सहमति जुट्न सकेको छैन।

‘पुरुषको नाम र ठेगानामा मात्रै महिलाले नागरिकता लिन पाउने’ सहमति अमान्य

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरुको असहमति सार्वजनिक भएको छ।

१६ गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच जना पक्राउ

आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित पाँच जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्