इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो
इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ।
इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ।
फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए।
नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।
इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।
शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।
गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।
इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन केही समय लाग्ने भएको छ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डले ३६४ रन बनाएको छ।
ताजास्थीतीमा इग्ल्याण्डले ४४ ओभरमा ५विकेट गुमाएर ३२३ रन बनाएको छ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध अफगानिस्तानले १५६ रन बनाएको छ।
धारिलो हतियार प्रहारपछि हत्या गरी फालिएको अवस्थामा दशगजा क्षेत्रनजिकै एकजनाको शव भेटिएको छ।
इटहरी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ। यो सेवा इटहरी क्षेत्रभर बसोवास गर्ने नागरिकका लागि हुनेछ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए।
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
प्रहरी अभिलेखअनुसार आठ वर्षमा एक हजार ४४८ बेवारिसे शव फेला परेका छन्। सामान्यतयाः अन्तर्राष्ट्रिय मान्यताअनुसार बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ ।