१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट:बङ्गलादेशविरुद्ध अफगानिस्तान १५६ रनमै समेटियो

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बङ्गलादेशविरुद्ध अफगानिस्तानले १५६ रन बनाएको छ।  

भारतको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भइरहेको यो खेलमा अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै ३७ दशमलब २ ओभरमा १५६ रन बनाउँदा सबै विकेट गुमायो ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाज़ ४७ तथा  कप्तान हशमतउल्लाह शहीदी १८ रन बनाएर आउट भए । सुरुवाती व्याटर इब्राहिम ज़दरान  २२ रन बनाएर आउट भए।त्यसैगरी रहमत शाह १८ रन बनाएर आउट भए।

बंगालादेशका लागि शाकिब अल हसन र मेहदी हसन मिराज़ले  ३/३ विकेट तथा शोरिफ़ुल इस्लामले २ विकेट लिए।आजै दिउँसो २ १५ बजे  श्रीलङ्का र दक्षिण अफ्रिकाबिच  खेल हुनेछ।आयोजक भारतले अष्टेलियासंग भोलि पहिलो खेल खेल्नेछ।  

प्रकाशित: २० आश्विन २०८० ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App