१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो: पूर्व सभामुख सापकोटा

फाइल तस्बिर

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभई प्रतिक्रियामा उत्रिएको बताएका छन्।

आइतबार संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। उनले संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरू देखा परिरहेको धारणा राखे।

पूर्व सभामुख  सापकोटाले नेपालमा वैचारिक रिक्तता देखा परेको धारणा पनि राखे।उनले विश्वभर नै विरोधाभास र अराजकता मौलाइरहेको बताए । उनले सांसदहरूले समाजवादी बाटोमा अघि बढ्नुपर्ने पनि बताए।पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा बढाउन सबै सांसदहरूले जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे ।

प्रकाशित: १६ असार २०८१ १५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App