१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाल पेचिलो परिस्थितिमा छ: महासचिव चन्द

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन्।

आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठुलो दबाबमा रहेको धारणा राखे।

महासचिव चन्दले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको जानकारी दिए।उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए।उनले नेपालमा रहेको श्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको धारणा राखे। नेपालका श्रमिक जनताका चाहनाहरू अधुरै रहेको पनि बताए। 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताए। 

प्रकाशित: १६ असार २०८१ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App