२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इटहरीमा शव वाहन र एम्बुलेन्स सेवा

इटहरी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ। यो सेवा इटहरी क्षेत्रभर बसोवास गर्ने नागरिकका लागि हुनेछ। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए।

इटहरी उपमहानगरले आर्थिक वर्ष २०८०-८१ को बजेट विनियोजन गर्दा एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको थियो। ‘जनताका लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो’, नगर प्रमुख पौडेलले भने। उपमहानगरले इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे तथा आइसियु भेन्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरी सेवा सञ्चालन गर्ने पनि चालु आवकै बजेटमा समेटेको छ। वैशाख १५ देखि मात्र इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी स्तरोन्नति सेवा सुरु भएको थियो। १५ शड्ढयाबाट आकस्मिक सेवा दिन थालिएको छ।

सघन बसोवासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व बढ्दै छ। नगर प्रमुख पौडेलले आफू निर्वाचित भएदेखि नै इटहरी अस्पतालको सुधार र विस्तारमा सक्रिय भएर  

लागेका छन्। ‘इटहरीका वासिन्दा उपचारका लागि धरान र विराटनगर जान नपरोस् भन्ने ढंगले काम गरिरहेका छौं’, पौडेलले भने।  

प्रकाशित: २६ भाद्र २०८० ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App