१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ।

आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा शव ल्याइएको हो। एउटा शव दिउँसो १ बजे ल्याइनेछ।

नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्।

आज दिउँसो १ बजे एउटा शव आएसंगै चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८० ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App