१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गयो

विश्वकप क्रिकेटअन्र्तगत  बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।इग्ल्याण्डले तेश्रो विकेटको रुपमा  जॉस बटलरलाई गुमाएको हो ।उनी १० बलमा १ चौका र १ छक्का सहित २० रन बनाए शोरिफ़ुल इस्लामबाट आउट भएका हुन।इग्ल्याण्डले तेस्रो विकेट ३९ दशमलब ४ ओभरमा २९६ रन बनाउँदा गुमाएको हो।

 यस इग्ल्याण्डले दोश्रो विकेटको रुपमा  डाविड मलानलाई गुमाएको थियो । उनी  १०७ बलमा १६ चौका र ५ छक्कासहित १४० रन बनाएर आउट भएका हुन । डाविड मलानलाई बंगलादेशका महेदी हसनले आउट गरेका हुन। ग्ल्याण्डले दोश्रो विकेट ३७ दशमलब २ ओभरमा २६६ रन बनाउँदा गुमाएको हो।

इग्ल्याण्डको पहिलो विकेट जॉनी बेयरस्टोलाई गुमाएको हो। उनी ५२ रन बनाएर बंगलादेशका बलर शाकिब अल हसनबाट आउट भएका हुन।इग्ल्याण्डले पहिलो विकेट १७ दशमलब ५ ओभरमा ११५ रन बनाउँदा गुमाएको थियो।ताजास्थीतीमा इग्ल्याण्डले ४१ ओभरमा ३ विकेट गुमाएर ३०४ रन बनाएको छ।जो रूट ८२ रन तथा हैरी ब्रूक  ५  रन बनाएर खेलिरहेका छन।  

यो विश्वकपमा यी दुवैको दोस्रो खेल हो।साविक विजेता इग्ल्याण्ड साविक उपविजेता न्युजिल्याडसंग पराजित भएको थियो।पहिलो खेलमा बंगलादेश चाहि अफगानिस्तानलाई  ६ विकेटबाट हराएको थियो।

दुवै टिम एकदिवसीय खेलमा २४ पटक भिडेका छन्।जसमा इग्ल्याण्डले १९र बंगलादेशले ५ पटक खेल जितेका छन्।  

प्रकाशित: २३ आश्विन २०८० ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App