१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपालकाे आर्थिक स्वतन्त्रता सुधाराेन्मुख, पाँचस्थान माथि उक्लियाे

विश्व परिवेशमा नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सुधार आएको देखिएको छ। विश्वका स्वतन्त्र नीति प्रतिष्ठानहरुको छाता संगठन इकनमिक फ्रिडम नेटवर्कले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल गत वर्षभन्दा ५ स्थान माथि उक्लिएको छ।

एनआरएन विज्ञ सम्मेलनको तयारी पुरा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंमा असोज २६ देखि २८सम्म प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। सम्मेलनको आवस्यक तयारी पुरा भएको संघले जनाएको छ।

जापानको पर्यटन एक्स्पोमा  नेपालको सहभागिता

जापानमा आयोजना भएको अन्तराष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको हो।

बङ्गबन्धु गोल्डकपका लागि बन्द प्रशिक्षण सुरु

बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ देखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको सहयोग आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई आह्वान गरेका छन्। अमेरिकी संस्था सुखी न्यूयोर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै न्युयोर्कस्थित महवाणिज्य दूतावासले न्युयोर्कमा आयोजना गरेको नेपालको झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भ्रमण वर्ष सफल बनाउन सबैजना एकजुट हुन आवश्यक रहेको बताए।

नेपाल विज्ञापन संघको साधारणसभा

नेपाल विज्ञापन संघ (आन)को १९औं साधारणसभा सम्पन्न भएको छ । सूचना, तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा उक्त सभा भएको संघले जनाएको छ।

बिदा भए मिस नेपाल

विश्वका विभिन्न देशमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने मिस नेपालको विदाइ गरिएको छ । सोमबार राजधानीमा मिस नेपाल आयोजक हिडन ट्रेजरले मिस नेपालको विभिन्न विधाका विजेतालाई विदाइ गरेको हो।

इन्डोनेसियासँग नेपाल पराजित

भारतको आगरामा जारी एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले दोस्रो हार बेहोर्नुपरेको छ।

कम्युनिष्टको अधिनायकवाद राेक्न कांग्रेस नयाँ स्वरूपमा : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्टको एकदलीय अधिनायकवाद बढिरहेको भन्दै त्यसलाईलाई रोक्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताएका छन्।

नेतृत्वमा पुरानाकै कब्जाः नयाँलाई निषेध कहिलेसम्म?

सन् १९८२ (वि.स २०३९ साल) मा झलनाथ खनाल तत्कालिन शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा (माले) को प्रमुख बन्दा अहिलेका विश्वका केही चर्चित सरकारप्रमुख तथा राष्ट्रप्रमुख बालखै थिए। आफ्नै पिताको मृत्युपछि एकलौटी शक्ति हातमा लिएका उत्तर कोरियाका नेता किम जङ युन त्यतिबेला जन्मिएकै रहेनछन्।

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

अमेरिकालाई कर्मथलो बनाएर विभिन्न व्यापारमा संलग्न नेपाली व्यापारीहरुले सफलता र संभावनाहरुका बारेमा एकै थलोमा जम्मा भएर आफ्नो अनुभव आदन प्रदान गरे। नेपलिज् अमेरिकन चेम्वर अफ कमर्सद्धारा आयोजित चौथो चेम्बर डिनर नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यवसायीहरुले आआफ्नो सफलता र बजार चुनौतिहरुका बारेमा अनुभव आदनप्रदान गरे।

पर्यटन बोर्डबाटै सरकारी कार्यविधिको अवज्ञा

नेपाल पर्यटन बोर्डले सरकारी कार्यविधिको अवज्ञा गरेको पाइएको छ । बोर्डले ट्रेकिङ वा पर्वतारोहणमा जाने विदेशीलाई गाइडबिनै भ्रमण अनुमति दिएर साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ का प्रावधान उल्लंघन गरेको हो।

ल्हासामा नेपाली पौभा

नेपाली पौभा कलाकार राजप्रकाश तुलाधरले आफूले बनाएका थाङ्का कलालाई चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्