५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्वास्थ्य परीक्षण शुल्क पहिलो महिनाको तलबमा

मलेसिया जाँदा श्रमिकले स्वास्थ्य संस्थाले तिरेको शुल्क रोजगारदाताले पहिलो महिनाको तलबसँगै उपलब्ध गराउने भएका छन्। श्रमिकको शून्य लागतमा मलेसिया सुचारु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ महिनापछि खुलेको रोजगारीलाई प्रस्ट पार्दै श्रमिकसँग जथाभावी शुल्क उठाए कारबाहीसमेत गर्ने जनाएको छ।

शून्य लागतमा मलेसिया सुरु

चार दिनअघि नेपाल र मलेसियाका अधिकारीबीच क्वालालाम्पुरमा भएको सहमतिपछि आइतबारदेखि सून्य लागतमा मलेसिया रोजगारी सुरु भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले श्रमिक मलेसिया पठाउँदा आतेजाते हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायतका शुल्क रोजगारदाताले बेहोर्ने बताए।

मलेसियामा मुख्य विपक्षी दलहरूले बनाए गठबन्धन

मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन्। बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ।

मलेसियामा नेपाली श्रमिकका चुनौती

नेपाल जस्तै रमणीय हावापानी भएको मलेसिया नेपाली बेरोजगार युवाहरूका लागि एउटा प्रमुख श्रम बजार बनेको छ। नेपालबाट पहिलोपटक मलेसिया जाने जो कोही त्यहाँ पाइलैपिच्छे नेपाली भेट्दा आश्चर्यचकित हुन सक्छ। विश्व प्रख्यात पेट्रोनास ट्विन टावरको फेदीमा दर्जनौँ नेपाली सुरक्षा गार्ड भेटिन्छन्। विशाल सपिङ कम्प्लेक्स ‘केएलसिसी’ भित्र पनि चिटिक्क परेको पोसाकमा हँसिलो अनुहारका नेपाली सुरक्षा गार्ड नै देखिन्छन्। हजारौँ कम्पनीमा नेपाली मजदूर भेटिन्छन्। कैयौँ बस्ती देखिन्छन् जहाँ नेपाली एकीकृत भएका हुन्छन्। तैपनि मलेसियामा कति नेपाली कार्यरत छन् भन्ने एकीन तथ्याङ्क छैन हाम्रो सरकारी निकायसँग। श्रमिक भिसामा बाहेक अन्य भिसामा पनि नेपाली मलेसिया जाने र भिसा सकिएपछि पनि अवैधानिकरूपमा त्यहाँ बस्ने भएकाले एकीन तथ्याङ्क पाउन नसकिएको हो।

खुल्यो मलेसिया रोजगारी, क्वालालम्पुरमा दुई देशबीच १० बुँदे सहमति

१५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी १० बुँदे सहमति गरेकाे छ।

निर्णय शुक्रबार

करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीचको दोस्रो दिनको छलफल बुधबार सकिएको छ। यसको निर्णय भने भोली (शुक्रबार) सार्वजनिक गरिने बताइएको छ। मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा भएको संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो।

नेपाल-मलेसिया संयुक्त बैठक लम्बियाे, वार्ता सहमति नजिक

१५ महिनादेखि बन्द रहेकाे मलेसिया रोजगारी खाेल्न बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको दोस्रो दिनको बैठक पनि बिना निष्कर्ष टुंगिएकाे छ।

फुक्ला त गाँठो ?

करिब १६ महिनादेखि रोकिएको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच मंगलबारदेखि छलफल सुरु भएको छ।

नेपाल-मलेसियाकाे संयुक्त बैठक सुरू, दुवै देश आफ्नै अडानमा

मलेसिया रोजगारमा देखिएको गाँठो फुकाउन बसेको दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको पहिलो दिनको बैठक निष्कर्षविहीन बनेकाे छ। दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारी आफ्नो अडानबाट टसमस नभएपछि पहिलो दिनको बैठक भोलि पुनः बस्ने गरी सम्पन्न भएकाे हाे।

मलेसिया रोजगारी खोल्न भोलि संयुक्त बैठक, नेपाली पक्ष आशावादी

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा नेपाल र मलेसियाका अधिकारीहरु सम्मिलित संयुक्त कार्यदलको ‘निर्णायक’ बैठक भोलि मलेसियामा बस्दै छ। दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौतायताको अवस्थाबारे छलफल गर्दै मलेसिया रोजगारी सुचारु गर्न दुई देशका अधिकारीहरु बैठकमा बस्न लागेका हुन्।

शव मलेसियामा बेपत्ता, चार वर्षपछि किरिया

आफन्तका अनुसार शव नेपाल फर्काउन धेरै रकम चाहिने र पठाउने जोहो गर्न भन्दै परिवारलाई खबर आएको थियो। कमजोर आर्थिक अवस्था भएकाले परिवारबाट शव निकाल्ने रकम पठाउन सम्भव भएन।

शव मलेसियामै वेपत्ता भएपछि चार वर्षमा काजकिरिया

मलेसियामा मृत्यु भएको चार वर्ष वित्दासमेत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शवको अत्तोपत्तो नभएपछि परिवारले काजकिरिया गरेका छन्।

मलेसिया सुचारुमा सहमति नजिक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थालाई मलेसियन सरकारले अनुगमनपश्चात सूचीकरण गर्ने जवाफ फर्काएपछि मलेसिया रोजगारी सुरु गर्न सहमति जुटेको हो।

मलेसिया रोजगारीमा ब्रेकथ्रुः मेडिकल थप्न मलेसिया सकारात्मक, अर्काे महिना संयुक्त बैठक

पन्ध्र महिनादेखि बन्द रहेको मलेसिया रोजगारी केही दिनमै खुल्ने भएको छ। लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा मलेसियाले लिखित जवाफ पठाएसँगै अब नेपाली कामदारका लागि मलेसिया जाने बाटो पुनः खुल्ने निश्चित भएको हो।

नेपाली कामदार ठगीमा मलेसियामा उपप्रधानमन्त्री माथि छानबिन हुने, हाम्रोमा अनुसन्धान नै नहुने?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले नेपाली कामदार ठग्ने उच्च पदस्थ कर्मचारी र तिनलाई संरक्षण गर्ने राजनीतिक पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्