५ आश्विन २०८१ शनिबार
image/svg+xml

मलेसियामा गहिरियो राजनीतिक संकट, महाथिर मोहम्मदले दिए राजीनामा

मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले प्रधानमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन्।

मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

चौथो विकेटका लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोर बनाए।

जनवरी १ देखि मलेसियामा अवैध बस्न नपाइने

आउँदो दुई सातापछि मलेसियामा कुनै पनि नेपाली अवैध रूपमा बस्न नपाउने भएका छन्। आफ्नो देशमा ठूलो संख्यामा नेपाली लगायत विभिन्न स्रोत मुलुकका श्रमिक अवैध रूपमा बसोबास गरिरहेको गुनासो बढेपछि मलेसियाले सरकारले आगामी जनवरी १ देखि उनीहरूविरुद्ध कडा कडा कदम चाल्ने तयारी गरेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

मलेसिया पुगेको चार महिना नबित्दै युवाको मृत्यु

मलेसियामा खोटाङका एक युवाको मृत्यु भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

मलेसियामा एक नेपालीको मृत्यु

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ।

स्वास्थ्य परीक्षण गर्ने संस्थासँग आवेदन माग

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३६ वटा संस्थाले गर्दै आए पनि अन्य गन्तव्य मुलुकका लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या अत्यन्तै न्यून छ।

बायोमेडिकलका लागि मलेसियाले माग्यो आवेदन, सहमति कार्यान्वयन हुँदै

मलेसियाले नेपालबाट आफ्नो देशमा आउने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले सिफारिस गरेको १ सय २२ मध्ये इच्छुक नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन् आवश्यक निरीक्षणका लागि आवेदन माग गरेको छ।

मलेसियाको बायोमेडिकल गर्ने ३६ वटै संस्थाले पाए उच्च अदालतबाट सफाई

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाले उच्च अदालत पाटनबाट सफाई पाएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिन्डिकेट तथा ठगीको आरोप लगाउँदै ती संस्थाविरुद्ध करिब डेढ वर्षअघि दर्ता गरेको मुद्दामा उच्च अदालतले ९ महिना अघि काठमाडौं  जिल्ला अदालतले गरेको निर्णयलाई सदर गरिदिएको छ।

मलेसियाका प्रधानमन्त्रीले भनेः कश्मीर मुद्दामा अडिग छौं, भारतले निहुँ खोजे जवाफ दिन्छौं

मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले कश्मीर मुद्दामा आफूहरुको अडान यथावत रहेको बताएका छन्। महाथीरले संयुक्त राष्ट्रसंघको महासभामा भारतले कश्मीरलाई कब्जामा लिएर अन्याय गरेको बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो।

शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनःसूचारु भएपछि मलेसिया जान कामदारको भीड लागेको छ। कामदार छनोट गर्न मलेसियाली कम्पनीका पदाधिकारी स्वयं काठमाडौं आएका छन्।

‘मलेसिया जाने कामदारसँग पैसा लिने मेनपावर कालाेसूचीमा, सुक्ष्म अनुगमन सुरू’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियासँग भएको श्रम सम्झौता अक्षरस कार्यान्वयन हुने बताएका छन्।

मलेसियाको मेडिकल ३६ वटा संस्थाबाट गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले वैदेशिक रोजगारीअन्तर्गत मलेसिया जाने नेपाली कामदारको बायोमेडिकल स्वास्थ्य परीक्षण पुरानै ३६ वटा स्वास्थ्य संस्थाबाट गराउन आदेश दिएको छ।

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ।

मलेसिया रोजगारीका विसंगति

डेढ वर्ष अघिदेखि बन्द मलेसिया रोजगारी पुनः खुलेको छ। नेपाल र मलेसियाबीच भएको नयाँ श्रम सम्झौताअन्तर्गत अब मलेसिया जाने कामदारले पहिलेजस्तो म्यानपावर व्यवसायी र रोजगारदाता कम्पनीबाट ठगिनुनपर्ने विश्वास नेपाल सरकारको छ। कार्यान्वयन पक्षमा देखिने चुनौती र जटिलता सामना गर्न सक्ने हो भने नेपाली श्रमिकको हितमा यो नयाँ श्रम सम्झौता कोसेढुंगा साबित हुन सक्ला। तर मलेसिया रोजगारीमा जोडिएका सबै समस्या यो श्रम सम्झौताले सम्बोधन गर्न भने सक्दैन। जसको सुधारका लागि नेपाल पक्षले आगामी दिनमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

मलेसियाको बायोमेडिकल निःशुल्क, सबै खर्च रोजगारदाताको काँधमा

मलेसिया रोजगार खुलेसँगै कामदारको स्वास्थ्य परीक्षणमा लाग्ने शुल्क पनि स्पष्ट भएको छ। मेडिकल शुल्क नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ गते भएको श्रम सम्झौतापछि बसेको दुई देशको प्राविधिक समितिको संयुक्त बैठकले निर्धारण गरे बमोजिम हुने र उक्त रकम रोजगारदाता कम्पनीले नै व्यहोर्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्