६ आश्विन २०८१ आइतबार
image/svg+xml

खड्काका बदमासी छताछुल्ल हुँदै, करोडौं असुलेर ट्यांकरलाई अनुमति

नेपाल आयल निमगका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलेखल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

नेपाल विरुद्ध हङकङको खेल यूट्युवमा लाइभ

आगामी शुक्रबार र आइतबार हुने नेपाल विरुद्ध हङकङको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण यूट्युव मार्फत गरिने भएको छ ।

भारतमा तेल बेच्ने नेपाली ट्यांकर नियन्त्रणमा

नेपालका लागि लोड गरेको पेट्रोल भारतमै बेचेर लाखौं रुपैयाँ कुम्ल्याउने गरेको नयाँ तथ्य भेटिएको छ। नेपाल आयल निगमको जनकपुर डिपोको लागि इण्डियन आयल कर्पोरेसन(आइओसी)को बरौनीबाट लोड भएको ना २ ख ५३१७ नम्बरको ट्यांकरले भारतमै तेल बेचेको हो।

आयल निगमका खड्काको अर्को बदमासी, हवाई इन्धनमा तीन करोड लुट

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो ।

विश्व तापक्रम १.५ डिग्रीमा राख्न विकसित राष्ट्रलार्इ नेपालको आग्रह

नेपालले  विकसित राष्ट्रहरूलाई न्यून कार्बन उत्सर्जन विकासको मार्ग यथासक्य अवलम्बन गरी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भन्दा कम राख्न अपिल गरेको छ ।

युएईमा नेपाल आइडलको कन्सर्ट हुँदै

नेपाल आइडलका उत्कृष्ट तीन विजेताहरु युएई आइपुगेका छन्। आगामी अक्टोबर ६ गते शुक्रबार युएईको अबुधाबीमा र अक्टुबर ७ गते शनिबार दुबईमा हुने सांगीतिक कार्यक्रमका लागि नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास यूएई आएका हुन्।

सिडनीको ओलम्पिक पार्कमा नेपाल आइडलको कन्सर्ट

नेपाल आइडलका उत्कृष्ट तीन गायकले अष्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गर्ने भएका छन् । दसैंअघि भएको कार्यक्रममा विजेता बनेका नेपाल आइडल बुद्ध लामा, रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास अस्ट्रेलियाका विभिन्न सहरलाई संगीतमय बनाउन लागेका हुन् ।

क्रिकेटमै भविष्य खोज्दै नेपाली ‘माही’

‘माही’ विश्व क्रिकेटमा चर्चित नाम हो । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई माही भनेर सम्बोधन गरिन्छ । नेपाली क्रिकेटमा पनि माही नामले खेलाडीलाई बोलाइन्छ । ती माही हुन्– महेश क्षत्री । धोनी विकेटकिपर ब्याट्सम्यान हुन् । महेश पनि विकेटकिपर र ओपनिङ ब्याट्सम्यान हुन् । नेपाली क्रिकेटमा मिहिनेती ब्याट्सम्यान र चलाख विकेटकिपरको रूपमा महेशलाई लिइन्छ ।

नेपाली शिक्षाको भविष्य डुबाउने ऐन

दस वर्षअघि २०६४ सालमा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तीमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले मात्र गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागिता जनाए । एक दशकको दौरानमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ८ लाख विद्यार्थी अर्थात् झन्डै ६० प्रतिशतभन्दा बढीले स्कुल छाडे ।

भुटानमा नेपाली भाषा

भुटानको राजधानी थिम्पुमा प्रायजसोले नेपाली भाषा बोल्छन् । पसल र होटलमा नेपाली गीत नै गुञ्जिरहेका भेटिन्छन् । थिम्पुका ३ लाख जनसंख्यामध्ये २ लाखले नेपाली भाषा बोल्न र बुझ्न सक्छन् ।

नेपाली फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गरे ।

बाम चुनावी तालमेलले लोकतन्त्रलाई चुनौती : नेपाली काँग्रेस

–सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

युएईमा अलपत्र २२ जना नेपाली न्याय खोज्दै दूतावासको शरणमा

दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्‍याएको हो।

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलन भक्तपुरको कमलविनायकमा सम्पन्न गरेको छ । वाङमय सताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरे ।

प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशी जनताको चाहना अनुरुप संविधान संसोधन हुने बताएका छन् । रुपन्देहीको मझगाँवामा नेपाली काँग्रेस रुपन्देहीद्धारा सोमबार आयोजित सभामा भने,‘मधेशको समृद्धि र मधेशी जनताको अधिकार स्थापित गर्न नेपाली काँग्रेस नेतृत्वमा संविधान संसोधन हुनु आवश्यक छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्