भिरबाट खसेको ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु
घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ।
लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची, दोलालघाटसम्म जोखिम बढाएको छ। खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आएकी सुप्रभा गिरीले भनिन्, 'खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन।'
लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।
स्थानीयको मागलाई बेवास्ता गर्दै अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देहीको मौतिपुर औधोगिक क्षेत्रको शिलान्यास गरेपछि दिनभर मोतिपुर क्षेत्र तनावग्रस्त बन्यो। शिलान्यासका लागि आएका अर्थमन्त्रीको गाडीलाई लक्षित गरेर स्थानीयले ढुंगा समेत प्रहार गरे। औधोगिक क्षेत्रको शिलान्यास सकेर अर्थमन्त्रीले कार्यक्रममा सम्बोधन गरीरहँदा स्थानीयले माइकका लागि जोडिएको बिजुलीको लाईन काटिदिएका थिए।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।
जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवं सरोकारवालाले गाउँपालिकाले योजना छनोट गर्दा दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन्।
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ।
उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ।
पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६१८० नम्बरको बसमा ढुङ्गा खस्दा बसमा सवार ५ वना घाईते भएका छन्। तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै माथिबाट खसेको ढुंगाले लाग्दा बसमा सवार यात्रुहरु घाईते भएका हुन्।
ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन्।
रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा ढुङ्गामुढा हुँदा दुई जना नगर प्रहरीसहित तीन जना घाइते भएका छन्। नगरपालिकाको कार्यालयमा आइतबार टेन्डरको दरखास्तको विषयमा विवाद चर्किएको थियो। नगरपालिकाले ५० लाखको गिजागाड खोलामा तटबन्डन निर्माण गर्ने र ३५ लाखको राडी देखी घारीखोलासम्म सडक स्तर उन्नतीको लागि बोलपत्र आह्वान गरेको थियो।
यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखी पालैपालो सवारी नचलाए यातायात व्यवस्था कार्यालयद्वारा तोकिएको २०० देखि एक हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।