२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु

पाल्पा - ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन्।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु-याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको हो। मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १० वैशाख २०७६ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App