१० मंसिर २०८१ सोमबार
image/svg+xml

नागढुङ्गामा सुरुङ खन्न रोकियो

सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो।

सुध्रिएनन् राजमार्गका होटल, खाए खाऊ नत्र जाऊ भन्दै थर्काउँछन् उल्टै

केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गरेकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम मागिन, तर खान सकिनन्। खान मिल्ने नै थिएन। खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिएकी अधिकारीले भनिन्, 'मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो। मुखमा हाल्नसक्ने नै थिएन। गुनासो गर्दा होटलवालाले उल्टै थर्काउँदो रहेछ।'

'अहिले सबैले वास्तविक प्रदीप गिरी खोजिरहेका छन्'

गिरीले स्वतन्त्रताको लागि निरन्तर लडेको बताए। उनले आफ्नो स्वतन्त्रता सरकार, पार्टी कसैलाई पनि नदिएर आफैँले लिएर गएको बताए। प्रदीप गिरी एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरी विचारको भने धनी भएको बताए।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आफ्नो कार्यभार सम्हालेका छन्।

नबिल बैंकका नवनियुक्त सीईओद्वारा पदभार ग्रहण

नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आज शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

ब्रेकथ्रुको मिति सर्‍यो: मुआब्जाको लागि तुरुन्तै २५ करोड चाहिने

आगामी साउनभित्र नागढुङ्गा–नौबिसे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रु (छेड्ने काम) नहुने भएको छ।

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ। तीन ‘अण्डर पास’मध्ये दुई सकिएको छ र चार ‘बक्स कल्भर्ट’मध्ये तीन सकिएको छ। तीन पुल निर्माण गर्नुपर्नेमा हालसम्म दुई सकिएको छ।

स्रोत नखुलेको ७० लाख नगदसहित एक जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।

नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत

निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ।

नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो

काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ। यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो।

नागढुङ्गा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो। अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्