३ असार २०८१ सोमबार
image/svg+xml

यसपटक पनि रोकियो सांसदको दसैं भत्ता

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो ।

गण्डकी प्रदेशका मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता फिर्ता गर्ने भएका छन्। प्रदेशको बुधबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता नलिने निर्णय निर्णय गरेको हो।

सबै सांसदकाे दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपा संसदीय दलको निर्णय

आज (सोमबार) दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदका लागि सरकारबाट उपलब्ध दसैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले नागरिकलाई जानकारी दिए।

सांसद गोकर्ण विष्ट भन्छन् : जनता थाल थाप्न बाध्य भइरहेका बेला दसैं भत्ता कसरी लिनु !

यसै क्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सांसद गोकर्ण विष्टले पनि सरकारबाट उपलब्ध दसैं भत्ता फिर्ताको घोषणा गरेका छन्।

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

सांसदको दसैं भत्ता, केहीको भयो फिर्ता

‘देश आर्थिक कठिनाइमा रहेको बेला सांसदका लागि दसैं भत्ता उपलब्ध नगराउनु पर्ने हो तर सो नगरेपछि आफूलाई आएको भत्ता फिर्ता गर्न आग्रह गर्दछु। मेरो खातामा जम्मा भइसकेको रकम फिर्ता गर्न कठिनाइ भएमा चेक काटिदिन्छु वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्न आग्रह गर्दछु।’

यस्तो बेला सांसदले दसैं भत्ता लिन हुँदैन, मेरो खातामा राखिएको रकम फिर्ता लगियोस् : भीम रावल

आइतबार सामाजिक सञ्जालमार्फत नेता रावलले सांसदले दसैं भत्ता नलिने व्यवस्था गर्न माग पनि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्