२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

उद्धार गरिएका ३० पुनः सडकमा फिर्ता

आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन्। हालसम्म काठमाडौँका विभिन्न स्थानबाट ६४७ को उद्धार गरिएकामध्ये ५४५ पुरुष र १०२ महिला र १६ बालबालिका रहेको जनाइएको छ। यसैगरी ५२३ लाई परिवारसँग पुनर्मिलन गराइएको र तीमध्ये ३० सडकमा पुनः फर्केका बताइएको छ।

७६ गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

समन्वय इकाईकी प्रमुख अञ्जु ढुंगानाका अनुसार जटिल स्वास्थ्य समस्या भएर ज्यानै जाने अवस्थामा पुगेका दुर्गमका ७६ जना गर्भवती र सुत्केरी महिलाको ज्यान राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको पहलमा बचाइएको छ।

गाउँगाउँमा सेनाको उद्धार अभ्यास सुरु

जुम्लामा नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको छ। यहाँका हरेक स्थानीय तहसँग समन्वय गरेर नेपाली सेनाले गाउँगाउँमा उद्धार अभ्यास थालेको हो। बाढीपहिरो जाँदा, नदीमा भेलबाडी आउँदा र सवारी दुर्घटना हुँदा गर्नुपर्ने उद्धार कार्य सम्बन्धि अभ्यास सुरु गरेको नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डा जुम्लाले जानकारी दिएको छ। स्थानीयबासिन्दाको प्रत्यक्ष सहभागितामा भइरहेको यो अभ्यासले स्थानीयलाई समेत सचेत बनाएको छ।

वन्यजन्तु उद्धार केन्द्रमा विवाद

चिडियाखानाको अवधारणाअनुरूप स्थापित वन्यजन्तु उद्धार केन्द्र यतिबेला विवादमा परेको छ। आन्तरिक विवादमा रुमलिएपछि सबै काम पूर्ण रूपमा ठप्प छन्।

‘बलि’ दिन भारत लगिएकी किशोरीको उद्धार

‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ।

बेपत्ता १३ जनाको हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसम बाधक

जुम्लाको तिला गाउँपालिका ९ शेरा फुलबारी पाटनमा बेपत्ता भएका १३ जनाको उद्धारको लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको छ। गृहमन्त्रालयले उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन गरिसकेको छ।

तिलिचोमा रोकिएका पर्यटकको उद्धार

मनाङको तिलिचो ताल (४९१९ मि) पुगेका २३ जना विदेशी पदयात्री र उनीहरुका १० जना नेपाली सहयोगी गाइडको सकुशल उद्धार गरिएको छ। तिलिचो पुगेका ती पर्यटक हिमपात र अधिक हावा चलेपछि पैदल फर्किन सकेका थिएनन्।

तिलिचोमा रोकिएका २३ पर्यटक र १० गाइडको उद्धार

मनाङको तिलिचो ताल (४९१९ मि) पुगेका २३ जना विदेशी पदयात्री र उनीहरुका १० जना नेपाली सहयोगी गाइडको सकुशल उद्धार गरिएको छ।

दुई नेपाली महिलाको उद्धार

माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो ।

४० आप्रवासी उद्धार

टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानुनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ।

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो।

गोठाटारबाट जाखिममा रहेका ११ बालबालिकाको उद्धार

जिल्लाका बिभिन्न गाउँबस्तीबाट पढाईको प्रलोभनमा पारी काठमाडाैं लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको छ। पढाईको प्रलोभन लगायत बिभिन्न बहानामा काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाबाट मुगुका ११ बालबालिको उद्धार गरिएको हो।

अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मर्निङ्ग वाक गर्न हिडेका बृद्धको खुट्टा गेटको पाइपमा अड्किएपछि...

नेपालगञ्ज बसपार्कको उत्तर गेटमा जमिनमा सटेर निर्माण गरिएको पाईपमा अड्किएर आज बिहान एकजना बृद्ध घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्