१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४० आप्रवासी उद्धार

इस्तानबुल (एजेन्सी) – टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानुनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ।

टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासी बोकेको एउटा डुंगा दुर्घटना भएको थियो। तटीय सुरक्षाकर्मीले ४० जना गैरकानुनी आप्रवासीलाई बचाएको बताएको छ।

उद्धार अभियान सुरु हुनुअघि समुद्रमा आप्रवासीले भरिएको सानो डुंगा देखिएको मन्त्रालयले जारी गरेको फोटोमा देखाइएको थियो।

एजियन सागर हुँदै युरोप जाने प्रवासीका लागि टर्की मुख्य मार्ग भएको छ। सन् २०१६ को मार्चमा टर्की र युरोपेली संघबीच हस्ताक्षर गरिएको सम्झौताले अवैध आप्रवासको प्रवाहलाई रोक्ने भनिएको थियो। सो सम्झौतापछि हालसम्म कूल ५४ हजार तीन सय ८७ जनाले टर्की हुँदै ग्रीस पुग्ने कोसिस गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App