१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसः आइतबारदेखि सेमिफाइनल

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मङ्सिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरेका थिए।

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट

भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे गराएका थिए।

‘कर्णाली करिडोर तोकिएकै समयमा सम्पन्न गर्छौं’

उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरको १२ किलोमिटर खण्डमा ट्याक खोल्न बाँकी छ। १२ मध्ये सात किलोमिटर चट्टाने भिर फोड्ने जिम्मा सरकारले सेनालाई दिएको थियो। प्रधानसेनापति शर्माले आगामी आर्थिक वर्षको अन्त्यसम्म हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने गरेर काम गर्ने बताए।

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

रक्षासचिव अजय कुमार,चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत,वायु सेनाध्यक्ष एयर चिफ मार्सल भिआर चौधरीलगायतसँग पनि भेट्ने कार्यक्रम छ।

प्रधानसेनापति शर्मा भोलि भारत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्।

प्रधान सेनापति महारथी शर्मा भारत भ्रमणमा जाँदै

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्।

हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन्।

सेनाको कमान्ड शर्माको काँधमा

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।

नवनियुक्त प्रधानसेनापति शर्माले राष्ट्रपतिबाट लिए शपथ

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

प्रधानसेनापतिसँग अमेरिकी राजदूतको भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्।

पाइलट सहायकरथी राणालाई उपरथीको दर्ज्यायनी

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यायनी चिह्न प्रदान गरेका छन्।

कोभिड-१९विरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने : प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनलाई प्राप्त कोभिड-१९विरुद्ध खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने बताएका छन्।

हिमाल आरोहीलाई नेपाली सेनाको सम्मान

कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्