२४ असार २०८१ सोमबार
image/svg+xml

पहिचानका लागि हिन्दु राज्यको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको पहिचाहनका लागि हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उत्तरी धादिङको खनायबास–१ च्यामथलीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्दै तामाङले नेपाल हिन्दु राष्ट्र भए पनि सबै धर्म स्वतन्त्र हुने स्पष्ट पारेका हुन्।

भारतीय लोकतन्त्रका तीन चुनौती

हिन्दु दक्षिणपन्थको प्रवद्र्धन, प्रजातान्त्रिक संस्थालाई कमजोर बनाउने र अलोकतान्त्रिक विचारको विकास गर्ने तीनवटै पक्षले मोदीको दोस्रो कार्यकाल अधिनायकवादी धार्मिक प्रजातन्त्रतर्फ देश रूपान्तरण हुने सम्भावना बढेको छ।

मोदी विजय : नेपालको दृष्टिमा

प्राचीन हिन्दु राष्ट्रवादलाई प्रेरणाको मूल स्रोत मानेर विश्वसमुदायमा उभिने भारतको निर्णय बिहीबार घोषित निर्वाचन परिणामले देखाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालको शब्दमा ‘यो राष्ट्रवादको जित हो।’ ‘भारतीय संस्कृति र हिन्दु संस्कृति साझा हुन्’ भन्ने नरेन्द्र मोदी लोकप्रिय राष्ट्रिय नेता भएको पुनःपुष्टि गर्दै थप शक्तिशाली भएर स्थापित भएका छन्।

तीन गन्तव्य

मुस्ताङको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तीर्थ हो। मन्दिरभित्रको मूल मूर्तिलाई हिन्दुले बिष्णु मान्छन् भने बौद्धमार्गिले लुवाङ ग्याल्बो। हिन्दुका बाहुनले पूजा गर्छन भने बौद्ध समुदायका झुमा (आनी)ले। मुक्तिनाथ दर्शन गरेर १०८ धारा र जलकुण्डमा नुहाउँदा पाप पखालिने दुबै धर्माबलम्बिको विश्वास छ।

राजमार्ग र चोकमा सत्याग्रह स्थगित

हिन्दु राष्ट्रको माग राख्दै धर्म निरपेक्षताविरुद्ध आन्दोलन सुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबारदेखि गर्ने भनिएको राजमार्ग र चोकहरूमा सत्याग्रह कार्यक्रम स्थगित गरेको छ।

राप्रपाले चैत ३० सम्म हस्तारक्षर संकलन गर्ने

हिन्दु धर्म स्थापनाका लागि दबाब दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरु गरेको हस्ताक्षर संकलन कार्यक्रमको अवधि बढाई चैत ३० सम्म राखिएको छ। यसअघि चैत २३ सम्म हस्ताक्षर संकलन गरी संकलित हस्ताक्षर प्रधानमन्त्री केपी ओलीलाई बुझाउने कार्यक्रम तय गरिएको थियो।

भूटानका पूर्वप्रधानमन्त्री नेपालमा

भूटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आइपुगेका छन् । उनी हिन्दुकुश हिमालय क्षेत्रका बारेमा अध्ययन गर्नका लागि काठमाडौ आइपुगेका हुन् ।

हिन्दु राष्ट्रको माग गर्दै राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु

हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंको वसन्तपुरमा राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु गरिएको छ ।

धर्मनिरपेक्षता चाहिँदैन, हिन्दूराष्ट्र पुनर्स्थापनाकाे विकल्प छैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना हुनुको विकल्प नरहेको बताएका छन्।

महाशिवरात्रिको सार्थकता

फागुन कृष्णपक्षको चतुर्दशीलाई हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रिका रूपमा भगवान् शिव, शङ्कर, पशुपतिनाथको पूजा÷आराधना गरेर धूमधामले मनाउँछन्। हरेक महिनाको चतुर्दशी भगवान् शिवको पूजा गर्ने महान् दिन भए तापनि महाशिवरात्रि महानतम् दिन हो। हिन्दु धर्मका तीन सर्वोच्च शक्ति (ब्रह्मा,विष्णु महेश्वर) मा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्ला कालका अनेक भाषाका ग्रन्थमा भगवान् शिवको महŒवगान गरिएको पाइन्छ। यदि ती सबैलाई संग्रह गर्ने हो भने विशद् ग्रन्थ हजारौँ तयार हुन सक्छ।

हिन्दु राष्ट्रको जनसंघर्ष थाल्ने थापाको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि चैत्र महिनादेखि जनसंर्घष गर्ने चेतावनी दिएको छ। राप्रपा नेपालद्वारा निकालिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अगुवाइ गर्दै महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेका थापाले हिन्दु राष्ट्र पुर्न स्थपानाका लागि चैत्र महिनादेखि जनसंर्घष गर्ने चेतावनी दिएको हो।

आत्मकथा प्रतियोगिता

फ्रान्सका विद्वान् सिल्भाँ लेभीद्वारा लिखित ‘हिन्दु अधिराज्यको इतिहास’ पुस्तककै पारामा लेखिएको ‘मैले देखेको नेपाल’ (भिन्येत् अफ नेपालको अनुवाद) साँच्चै सुन्दर छ। पद्मजंगले लेखेको ‘लाइफ अफ जंगबहादुर’पछि चर्चित र पढ्नैपर्ने खालका व्यक्तिचित्र थोरै आए। गणेशराज शर्माद्वारा सम्पादित ‘बीपीको आत्मवृत्तान्त’ धेरैले रुचाए। कतिपय कुरा लुकाइए पनि ‘जेल जर्नल’ र बीपीको आत्मवृत्तान्तमा तत्कालिन इतिहास एवं परिवेशको चित्र देख्न सकिन्छ। ती राजनीतिक ऐना पनि हुन्।

देशमा ठूलो संकटको खतराः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशमा ठूलो अस्थिरता, अराजकता र बिखण्डनको खतरा रहेको बताएका छन्। गृहनगर हेटौंडामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले ठुला दल र नेताहरुले गलतलाई सच्याउने आँट नभएकाले देशमा संकट आउने चेतावनी दिएका छन।

नाममा के छ हजुर?

भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले पदासीन हुनुअघि हिन्दुत्व (हिन्दु राष्ट्रवादी)का कट्टर पक्षधरका रूपमा आफ्नो परिचय बनाएका थिए। मुख्यमन्त्री बनेपछि पनि उनले आफ्नो सो परिचयमा कुनै परिवर्तन ल्याउन चाहेनन्। बरू उनले हिन्दु चिह्न र प्रतीकको महत्वलाई अझ उजागर गर्न राज्यका निकायहरूको मज्जाले प्रयोग गरे। उनले सरयू नदीको किनारामा रामको ठूलो मूर्ति बनाउने र रामको मन्दिर बनाउने अभियानमा खुलेरै समर्थन गरे। उनी मुसलमान नाम भएका विभिन्न सहरको नाम परिवर्तन गर्दै हिँडेका छन्।

‘ठगको दोषी म’

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा फ्लप भएपछि फिल्मका नायक आमिर खानले पहिलोपटक मुख खोलेका छन्। उनले गत सोमबार फिल्म नचलेको कुरालाई पत्रकारमाझ स्वीकारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्