१२ असार २०८१ बुधबार
image/svg+xml

ब्रुमर चल्यो, धुलो हटेन

चावहिल चोकमा फेन्सी पसल सञ्चालन गरिरहेका वेदप्रसाद गौतम काठमाडौं महानगरपालिकाले ब्रुमर ल्याएसँगै खुसीले गद्गद् थिए। बिहानदेखि बेलुकीसम्म धुलाम्मे सडकले हैरान भएका उनी ब्रुमर आएसँगै चावहिल चोकको धुलो अन्त्य हुने आशा गरेका थिए। तर, काठमाडौं महानगरपालिकाले चावहिल चोकमा ब्रुमर पनि लगायो। तर, चोकको सडकमा धुलो कमी भएको छैन।

कमलविनायक–नगरकोट सडक विस्तारमा ढिलाई, कालोपत्रे नसकिँदै खाल्डाखुल्डी

भक्तपुरको कमलविनायकदेखि पर्यटकीय आकर्षणस्थल नगरकोट पुग्ने विस्तारित सडकमध्ये झण्डै दुई किलोमिटर सडकखण्ड मात्रै कालोपत्रे भएको छ । कमलविनायकदेखि आर्मी ब्यारेकसम्मको सडक विस्तार गरी कालोपत्रेसमेत भएको हो । कालोपत्रे सकेको सडकखण्ड पनि निर्माण सम्पन्न नहुँदै बिग्रिसकेको छ । सडकमा जताततै खाल्डाखुल्डी देखिएका छन् भने धुलो उड्ने थालेको छ ।

खाल्डाखुल्डीले यात्रुलाई सास्ती

अघिल्लो बुधबार तीनचुली चोकमा बा१ह ४०४० को टयाम्पु झ्याप्प रोकियो। त्यसअघि ट्याम्पु चालक केशव तिमल्सिनाले यात्रुलाई दह्रो भएर समाउन सुझाए।

पुरिएन सडकका खाल्डाखुल्डी, अझै दुई महिना समय थप

सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत उपत्यकाभित्रका सडकको खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालयका अधिकारीलाई बोलाएरै खाल्डाखुल्डी पुर्न दिएको निर्देशनसमेत प्रभावकारी कार्यान्वयन हुन नसकेको हो।

५० दिनमा पनि पुरिएनन् खाल्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरिएका छैनन्।

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो।

सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन, ५० दिनभित्र सुधार हुने

रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सचिव र अन्य पदाधिकारीलाई मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले कलंकी–थानकोट र चावहिल–बौद्ध–जोरपाटी सडकलाई तत्काल सुधार गर्न र उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी छिटो भन्दा छिटो पुर्न निर्देशन दिएका हुन्।

अब कुनै पनि सडकमा खाल्डाखुल्डी हुँदैनन्

मुलुकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी रघुवीर महासेठले मन्त्रालय सम्हालेको दुई महिनामै यातायात सिन्डिकेट तोड्ने निर्णय गरेर चर्चा कमाएका छन् । यसबाहेक उपत्यका लगायत मुलुकभरका बाटो निर्माण कार्य समयमै सम्पन्न गर्न उनले निर्देशनसमेत दिइसकेका छन्।

खाल्डाखुल्डी र खपीनसक्नु धुलो

अरनिको राजमार्गको धुलिखेलबाट पाँचखालतर्फ ओहोरदोहोर गर्दा सडकभरि खाल्डाखुल्डी छन् । सवारीसाधन आवतजावतमा समस्या छ । मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुने गरेका छन्।

महानगरपालिकाले खाल्डाखुल्डी पुर्दै

काठमाडौं महानगरपालिकाले वर्षा सकिएलगत्तै भित्री सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ का विभिन्न स्थानमा भइरहेको सडक निर्माणको अवलोकन गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले सेतीओपी मार्ग कामनपा–३२ मा भइरहेको सडक निर्माणबारे जानकारी लिएका थिए ।

‘प्रधानमन्त्री भए खाल्डाखुल्डी पुर्थें’

मलाई फ्रान्सको ग्याप भन्ने ठाउँ एकदमै मनपर्छ । त्यो ठाउँमा गाउँ र सहर दुवैको विशेषता पाउन सकिन्छ । त्यहाँ अग्लाअग्ला पहाड छन् । विदेशका सहर र हाम्रा सहरको विषेशता नै फरक छ । त्यहाँका सहरमा बनावटी कुरा धेरै पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्