६ आश्विन २०८१ आइतबार
image/svg+xml

महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिन्छ: मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन्।

थापाथलीको खाद्य संस्थानमा म्याद गुज्रिन लागेका चामलको बोरा

काठमाडौँ महानगरपालिकाले आजबाट पर्व लक्षित अनुगमन सुरु गरेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा आज ३ वटा टोली परिचालन गरिएका थिए।

बजार अनुगमन गर्दै उपमेयर डंगोल(फोटोफिचर)

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ।

स्वतन्त्र नगरप्रमुखले हाँकेका महानगरको सिको गर्दै लिमचुङबुङ गाउँपालिकाले पनि सबै निर्णय लाइभमार्फत् सार्वजनिक गर्‍यो

स्वतन्त्र नगरप्रमुखले हाँकेको धरान उपमहानगर र काठमाडौँ महानगरपालिकाको सिको गर्दै उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङले सबै निर्णय प्रत्यक्ष प्रशारण (लाइभ)मार्फत् सार्वजनिक गरेको छ।

साइनबोर्डको शुल्क ३० दिनभित्र बुझाउन काठमाडौं महानगरकाे आग्रह

काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको परिचय पाटी (साइनबोर्ड) राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।

काठमाडौं महानगरले पर्व लक्षित बजार अनुगमन गर्ने

बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको हो।

राजस्व संकलनमा महानगरकाे प्रगतिः गत वर्षको तुलनामा २९.८५ प्रतिशतले वृद्धि

महानगरले गएको वर्ष १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरको छ। यो ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो।

काठमाडौँ महानगरद्वारा बाह्य विज्ञापनमा रोक

राजधानीलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन हो: मेयर शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका छन्।

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्नः अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानुहुन्छ?

उनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन्।

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका अनधिकृत संरचना र पसल हटाउन डोजर चलाएको हो। महानगरका अनुसार ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको हो।

काठमाडौं महानगरपालिले सुरू गर्‍याे डेंगी संक्रमितका लागि नि: शुल्क २४ घण्टे एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरू गरिएको बताएका छन्।

सुर्तीविरुद्ध सक्रियता

काठमाडौँ महानगरपालिकाले असोज १ देखि सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा उपभोग गर्न रोक लगाएर आमनागरिकको मन जित्ने काम गरेको छ। हेर्दा सामान्य लागे पनि जनस्वास्थ्यमा यसको गम्भीर असर हुन्छ।

व्यवसायी दर्ता र करको दायरा बढाउने काममा सहजिकरण गरिन्छः उपप्रमुख डंगोल

उनले अहिले काठमाडौँ महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्। उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्