२२ मंसिर २०७९ बिहीबार
राजनीति

हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन हो: मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका छन्।  

आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका हुन्।

उनले जीवनमा जित मात्र नभइ हार्न सक्नुपर्ने पनि बताए। ‘हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौं। हामी सोसल मिडियामा ब्यस्त हुन्छौँ। हामी हार्न निकै डराउँछौँ। हामी आफूलाई कमजोर छौँ भन्ने सोच्छौँ तर त्यसरी सोच्नु हुँदैन। कुनैपनि कुरा हार्न सिक्नुपर्छ। सबै ठाउँमा सफल भइन्छ भन्ने हुँदैन। हार्नुले हामीलाई धेरै सिकाउँछ,’ उनले भने। 

प्रकाशित: २ आश्विन २०७९ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App