२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाइलटले धोका दिँदा थन्किए ‘वाई१२–ई’ जहाज

दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज थन्किएका छन्। पाइलटले नियमित तालिका अनुसार जहाज उडाउन आनकानी गरेपछि अहिले निगमका चारै थान ‘वाई१२–ई’ जहाज थन्किने अवस्थामा पुगेका हुन्। ती जहाजले दैनिक तीनदेखि चार उडान गर्दै आएका थिए।

लायन एयरको दोस्रो ब्ल्याक बक्स भेटियो

इन्डोनेसियामा गत वर्षको अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयर विमानको दोस्रो ब्ल्याक बक्स भेटिएको अधिकारीहरुले बताएका छन्। उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याक बक्सले सहयोग पुग्ने बताइएको छ।

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

इरानको राजधानी तेहरान नजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा सवार १५ जनाकाे मृत्यु भएकाे छ भने एककाे जिवितै उद्धार गरिएकाे छ।

वाइड बडी खरीद प्रकरणमा मेराे संलग्नता छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

छ विमानस्थलमा रात्रिकालीन उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रिकालीन उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिकमा पनि रात्रि उडान सञ्चालन गरिरहेको छ ।

वाइड बडीमा थरीथरीका निर्णय

नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानको बारेमा विभिन्न निकायले थरीथरीका निर्णय गरेका छन्। अहिलेसम्म सर्वोच्च अदालत, महालेखापरीक्षकको कार्यालय र सांसद्को सार्वजनिक लेखा समितिअन्तर्गत बनेको उपसमितिले निर्णय गरिसकेका छन्।

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कांग्रेसले छाड्दैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन्।

वाइड बडी घोटाला काण्ड : मन्त्रीलाई जोगाउने खेलमा सत्तापक्ष

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वाइड बडी जहाज खरिद गर्दा अनियमितताको आरोप लागेका मन्त्री रवीन्द्र अधिकारी र सचिव प्रेम राईको बचाउमा उभिएका छन्। छानबिनका लागि गठित उपसमितिले संसद्को सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदनमाथि भएको छलफलमा नेकपाका सांसद मन्त्री अधिकारी र सचिव राईको पक्षमा देखिएका हुन्।

वाइडबडी विमान खरिद अनियमितता छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

वाइडबडी प्रकरणले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको प्रष्ट : विवेकशील

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानविन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलकाे तारबारमा ठेकेदारको बदमासी

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने जग्गालाई सुरक्षित राख्न तारबार गर्ने ठेक्का पाएको निर्माण कम्पनीले बदमासी गरेको पाइएको छ। टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी र निजी जग्गा सुरक्षित राख्न पहिलो चरणमा तारबारले घेराउ गर्न लागिएको हो।

जहाज खरिद प्रकरण : अनियमिततामा काे काे छन संलग्न ? (हेर्नुहोस सिफारिस प्रतिवेदन )

नेपाल वायुसेवा निगमको दुई वटा वाइड बडी विमान खरिदमा भ्रष्टाचार र अनियमितताबारे संसदको सार्वजनिक लेखा समिति अन्तरगतको राजन केसीको संयोजकत्वमा बनेको उपसमितिले १५ दिन लगाएर गरेको अध्ययन प्रतिवदेन सार्वजनिक लेखा समितिमा आज पेस गरेको छ।

९० करोडको कार्गो भवन बन्ने

नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको कार्गो भवन निर्माण सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले कार्गो भवनको शिलन्यास गरी निर्माण कार्य सुरुवात गरेका हुन्।

गौतमबुद्ध विमानस्थल सञ्चालन जिटुजी मोडलमा

नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि गरिसकेको छ। त्यसको लागि स्वीकृति माग्दै शुक्रबार तालुक मन्त्रालयमा पत्र पठाएको प्राधिकरणले जानकारी दियो। प्राधिरकणको प्रारम्भिक अध्ययन अनुसार पनि जिटुजी मोडल उपयुक्त हुने देखिएको छ।

जुफाल विमानस्थलमा एक्सरे मेसिनको अभाव

डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा यात्रुलाई समस्या भएको छ। एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्