५ श्रावण २०८३ मंगलबार
image/svg+xml

१७ लाख ठगेको आरोपमा पूजा माइतीघरबाट पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

बैतडीको गोकुलेश्वरमा सबैभन्दा बढी वर्षा

पछिल्लो तीन घण्टामा देशभरमै सबैभन्दा बढी वर्षा बैतडीको गोकुलेश्वरमा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गोकुलेश्वरमा ३७.२ मिलिमिटर वर्षा भएको छ।

कर बढ्ने भएपछि जग्गा कारोबारमा ऐतिहासिक रेकर्ड, एकैदिन पौने २ अर्ब राजस्व संकलन

जग्गाको कारोबारमा गत असार ३२ गते (बुधबार) अहिलेसम्मकै रेकर्ड कायम भएको छ।

वैदेशिक रोजगार बिमामा व्यापक सुधार: अब घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बिमा व्यवस्थालाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन व्यापक सुधारका कार्यक्रम अघि बढाएको छ।

विपद्‌को पूर्वसूचना मोबाइलमै दिने तयारी

सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट ) लागू गर्ने भएको छ।

मन्त्रालय घटाएपछि कर्मचारी व्यवस्थापन अन्तिम चरणमा

प्रशासनिक सुधारअन्तर्गत मन्त्रालयहरूको संख्या घटाएसँगै सरकारले कर्मचारी दरबन्दी मिलान तथा संगठन संरचना व्यवस्थापनको प्रक्रिया तीव्र बनाएको छ।

सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित

सरकारले संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित गरेको छ।

पुष्पलालचोकमा सर्‍यो कोशीको स्वास्थ्य मन्त्रालय

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय विराटनगरको देवकोटा चोकबाट विराटनगर –३ स्थित पुष्पलालचोकमा सरेको छ ।

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दा शुन्यमा झर्‍यो

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेको मुद्धाको संख्या शुन्यमा झरेको छ । उच्च अदालत विराटनगरले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ भएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ७३ हजार ३४९ हेक्टरमा रोपाइँ भइसकेको छ।

युक्रेनद्वारा मस्कोमाथि चार सय बढी ड्रोन प्रहार : राजनीतिक संकट टार्ने प्रयासमा जेलेन्स्की

मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभले युक्रेनी ड्रोन आक्रमणबाट १० जना घाइते भएको र धेरै आवासीय भवनमा क्षति पुगेको बताएका छन्।

बाजुरामा जिप दुर्घटना: दुई जनाको मृत्यु, ७ घाइते

बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।

सेवासुविधा विनियमावली स्वीकृतिको माग गर्दै भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ तत्काल स्वीकृत गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्।

खरानीबाट उठेर उच्च अदालत पोखराले दिएको न्याय

जेन-जी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो। भ्रष्टाचार, सुशासन र राजनीतिक पुस्तान्तरणको माग गर्दै गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरका सरकारी कार्यालय जल्दा अदालत पनि जले।

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कहिले ?

मन्त्रीहरूले संसद्मा नियमित प्रश्नोत्तरमा सहभागी हुन थाले पनि प्रधानमन्त्री बालेन्द्र शाहले भने हालसम्म संसद्मा औपचारिक प्रश्नोत्तर सामना गरेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्